वनडे सीरीज अघि अष्ट्रेलियाई टीमलाई दोहोरो झट्का

IMG-20251014-WA0085

नयाँ दिल्ली: भारतविरुद्ध ३ वटा वनडे म्याचको सीरीज अघि अष्ट्रेलियाई टीमलाई ठूलो झट्का लागेको छ। कप्तान मिचेल मार्शको अगुवाईमा रहने टीमलाई पहिलो वनडे म्याचमा आफ्ना २ प्रमुख खेलाड़ी एडम जाम्पा र जोश ईंग्लिशको कमी अनुभव हुनेछ। स्पिनर जाम्पा पारिवारिक कारणहरूले गर्दा उपलब्ध रहनेछैनन् जबकि विकेटकीपर ब्याटर ईंग्लिशको चोट सम्पूर्ण रूपले ठीक भएको छैन। यी २ जनाको स्थानमा म्याथ्यू कुहनेम्यान र जोश फिलिपलाई अस्थायी रूपमा टीममा सामेल गरिएको छ। यसरी पर्थमा खेलिने पहिलो वनडे म्याचमा जोश फिलिपलाई विकेटकीपिंग गरिरहेको देखिने सम्भावना छ कारण एलेक्स केरी शील्ड म्याच खेल्नमा व्यस्त छन्। फिलिपले हालै लखनऊमा इण्डिया ए विरुद्ध प्रथम श्रेणीको म्याचमा १२३ रन बनाएका थिए। यसरी स्पिनर कुहनेम्यान लगभग अढ़ाई सालपछि टीममा फर्किएका छन्। उनले आफ्नो अन्तिम वनडे इण्टरनेशनल म्याच जुन २०२२-मा खेलेका थिए। अष्ट्रेलियाई टीममा दोस्रो स्पिनरको रूपमा कूपर कोनोली पनि रहेका छन्, जसले हालै दक्षिण अफ्रिकाविरुद्ध ५ विकेट हासिल गरेका थिए। भारत र अष्ट्रेलियाबीच ३ वटा वनडे म्याचको सीरीज १९ अक्टोबरदेखि शुरु हुनेछ। सीरीजको पहिलो म्याच पर्थमा खेलिनेछ। त्यसपछि २३ अक्टोबरमा एडिलेड र २५ अक्टोबरमा सिडनीमा म्याच हुनेछ। वनडे सीरीज समाप्त भएपछि यी २ टीमबीच ५ वटा टी२० इण्टरनेशनल म्याचको सीरीज खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement