एशेज सीरीजको पहिलो टेस्टमा कप्तान कमिन्सले खेल्ने सम्भावना कम्ती

IMG-20251013-WA0079

सिडनी: अष्ट्रेलियाका टेस्ट कप्तान प्याट कमिन्सले एशेज २०२५-२६ सीरीजको पहिलो टेस्टमा उनले खेल्ने सम्भावना कम्ती रहेको संकेत दिएका छन्। कमिन्स अहिले ढाड़को चोटबाट मुक्त हुने प्रक्रियामा रहेका छन् अनि अहिले बलिंग शुरु गर्ने स्थितिमा नरहेको उनले स्पष्ट गरेका छन्। फक्स क्रिकेटको एउटा कार्यक्रममा कमिन्सले भने, मैले खेल्ने (एशेजको पहिलो टेस्ट) सम्भावना कम्ती छ। अहिले अझ केही समय लाग्नेछ। म हरेक दिन दगुरिरहेको छु अनि हरेक दिन अलि-अलि गर्दै दूरी बढ़ाइरहेको छु। आउँदो हप्ता बलिंग गर्ने तयारी शुरु हुनेछ तर टर्फमा पूरा गतिको साथ बलिंग गर्नुमा अझ केही हप्ता लाग्नेछ। कमिन्सले बताएअनुसार, शरीरलाई लामो प्रारूपको निम्ति तयार गर्न अनि अलि-अलि गर्दै फिटनेस र मसल वर्कलोड बढ़ाइरहेका छन्। टेस्ट म्याच खेल्नको निम्ति कम्तीमा एक महिनाको नेट अभ्यास जरुरी रहेको बताउँदै कमिन्सले भने, टेस्ट म्याचमा बलिंग गर्न तपाईंमा कम्तीमा २० ओभर बलिंग गर्ने क्षमता हुनु पर्छ। यसको निम्ति शरीर पनि तयार गर्नु पर्छ। शरीरलाई हामीले पर्याप्त समय त दिनु पर्छ। अहिले चोटको समस्या लगभग समाप्त भइसकेको छ तर शरीरलाई लयमा फर्काउनु चाहिँ बाँकी छ। अहिले म त्यही काम गरिरहेको छु। उल्लेखनीय छ, अष्ट्रेलियाका प्रशिक्षक म्याकडोनाल्डले कमिन्सको उपलब्धताबारे फसेला यस हप्ता हुने अगावै घोषणा गरेका थिए। एशेज सीरीजको पहिलो टेस्टमा कमिन्स उपलब्ध नरहे स्टीव स्मिथले अष्ट्रेलियाई टीमको कप्तानी गर्न सक्छन्। उनले यस सालको शुरुवातमा श्रीलंका यात्रामा पनि कप्तानी गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement