तेल अवीव: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हमासद्वारा हिरासतमा राखिएका कैदीहरूको रिहाइ मनाउन आयोजित विशेष समारोहमा भाग लिन इजरायलको यात्रा गर्दैछन्।
गाजामा हमासद्वारा हिरासतमा रहेका सबै बन्धकहरूको रिहाइको लागि समयसीमा सोमबार स्थानीय समय अनुसार दिउँसो १२:०० बजे तोकिएको छ।
इजरायल प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले “युद्ध समाप्त भएको” घोषणा गरे। उनले युद्धविराम कायम रहने र गाजाको लागि “शान्ति बोर्ड” चाँडै गठन गरिने पनि बताए। ट्रम्पले युद्धविराममा मध्यस्थकर्ताको भूमिकाको लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र कतारको पनि प्रशंसा गरे।
यद्यपि, बन्धकहरूमा विपिनको नाम समावेश छैन। उनको अवस्था अज्ञात छ। आक्रमणमा १० नेपाली सहित लगभग १,२०० जनाको मृत्यु भएको थियो। बन्धक बनाइएका २५१ जनामध्ये कञ्चनपुरका विपिन जोशी पनि थिए। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिनको अवस्था अझै थाहा नभएको बताए।