कोको गौफ वुहान ओपन २०२५-की च्याम्पियन

IMG-20251013-WA0065

वुहान (चीन): अमेरिकी युवा टेनिस स्टार कोको गौफले चीनको वुहानमा सम्पन्न प्रतिष्ठित वुहान ओपन २०२५ महिला एकल टेनिस प्रतियोगिताको खिताब जितेकी छन्। उनले फाइनलमा आफ्नै देशकी साथी खेलाड़ी जेसिका पेगुलालाई सिधा सेटमा पराजित गर्दै यो सीजनको दोस्रो ठूलो खिताब आफ्नो नाम गरेकी छन्। आइतवार खेलिएको रोमाञ्चक फाइनलमा २१ वर्षीया गौफले पेगुलालाई ६–४, ७–५-ले पराजित गरिन्। दोस्रो सेटमा ३–५ पछाड़िए पछि गौफले लगातार चार गेम जित्दै असाधारण पुनरागमन गरिन् र म्याच जित्नको साथै च्याम्पियन बनिन्। गौफले वुहान ओपनको सम्पूर्ण अभियानमा एउटा पनि सेट गुमाइनन्। उनले सबै म्याचहरू सिधा सेटमा जित्दै अजेय यात्रा पूरा गरिन्। सेमिफाइनलमा उनले पूर्व विजेता आर्यना सबालेंकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्। यो गौफको करियरको ११ औं डब्ल्यूटीए एकल खिताब हो र साल २०२५ मा उनको दोस्रो प्रमुख खिताब हो। यसअघि उनले फ्रेञ्च ओपनको ट्रफी जितेकी थिइन्। वुहान ओपनमा खिताब जितेर गौफले १००० डब्ल्यूटीए ऱ्याङकिंग अंकको साथमा ५९६,००० अमेरिकी डलरको पुरस्कार राशि पनि हासिल गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement