सबै बन्धकहरूलाई सोमबारभित्र मुक्त गर्ने

IMG-20251012-WA0110

तेल अवीव: प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलबाट अपहरण गरी बन्धक बनाइएका सबै बन्धकहरूलाई सोमबारभित्र मुक्त गर्ने तयारी गरेको छ। सबै बन्धकहरुको रिहाइको अन्तिम तयारी भइरहँदा नेपालका विपीन जोशीको अवस्था भने अज्ञात रहेपनि जीवित रहेको अनुमान गरिएको छ।
इजरायली अधिकारीलाई उदृध गर्दै जेरुसेलम पोस्टले हमासले बाँकी रहेका सबै बन्धकहरू (जीवित र मृत दुबै) लाई सोमबार बिहानभित्र मुक्त गर्ने तयारी गरेको जनाएको छ।
रिपोर्ट अनुसार हमासले जीवित बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसीसी)का प्रतिनिधिहरूलाई हस्तान्तरण गर्नका लागि जम्मा गर्न शुरू गरिसकेको छ। हस्तान्तरण प्रक्रिया बिहान करिब ६ बजे शुरू हुने अपेक्षा गरिएको छ।
यद्यपि, हमासले हस्तान्तरणस्थल सार्वजनिक भने गरेको छैन । इजरायली अधिकारीहरूलाई पनि अहिलेसम्म स्थानबारे कुनै जानकारी प्राप्त भएको छैन। सम्भवतः एकभन्दा बढी स्थानमा हस्तान्तरण हुनसक्ने अनुमान गरिएको छ। हमासले ४८ जना बन्धकहरूलाई मुक्त गर्नुपर्नेछ। जसमा करिब २० जना जीवित रहेको अनुमान गरिएको छ।
सम्झौताअनुसार सबै बन्धकहरू सोमबार दिउँसोभित्रै अर्थात् युद्धविराम लागू भएको ७२ घण्टा भित्र मुक्त हुनेछन्। केही अरब सञ्चारमाध्यमहरूले पनि हमासले मृत बन्धकहरूको शव समेत इजरायललाई फिर्ता गर्न संकलन गर्न शरू गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement