ओमानविरुद्ध जीतको साथ विश्व कपमा स्थान बनाउने नजिक पुग्यो यूएई

IMG-20251012-WA0104

दुबई: दोहामा शनिवार खेलिएको एशियाई क्वालीफाईंग म्याचमा संयुक्त अरब अमीरात (यूएई)-ले ओमानलाई २-१-ले पराजित गरी १९९० पछि पहिलोपल्ट फिफा वर्ल्ड कपमा स्थान बनाउने आफ्नो सम्भावनाहरूलाई मजबूत बनायो। यस जीतको साथ यूएई एउटा म्याचमा ३ पोइण्ट्सको साथ ग्रुप ए-को शीर्ष स्थानमा पुग्यो। उनीहरूलाई मंगलवार कतरविरुद्ध म्याचमा केवल ड्र-को आवश्यकता छ अनि त्यस परिणामले टीमलाई २०२६ फिफा वर्ल्ड कपमा स्थान दिलाउनेछ। यूएई-विरुद्ध हारको साथ ओमानको चाहिँ इतिहास रच्ने सम्भावना अहिलेको निम्ति समाप्त भयो। तीनवटा टीमको ग्रुपमा ओमानले अब स्वतः क्वालीफाई गर्न सक्नेछैन तर टीमसँग अहिले पनि दोस्रो स्थानमा रहेर क्वालीफायरको पाँचौं चरणमा पुग्ने मौका रहेको छ। आफ्नो होम ग्राउण्डमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने यूएई शुरुमै पछाड़ियो। टीमका डिफेण्डर कौआमे औतोनेले १२औं मिनटमा आत्मघाती गोल गरे। त्यसपछि मार्कस मेलोनीले ७६औं मिनटमा गोल गरी स्कोर बराबरीमा पुऱ्याए। अन्तमा सिआओ लुकासले ८३औं मिनटमा गोल गरी यूएई-लाई जीत दिलाए। ग्रुप बी-मा इराकले म्यानचेष्टर युनाइटेडका पूर्व खेलाड़ी जिदान इकबालको गोलको सहायताले इण्डोनेशियालाई १-०-ले पराजित गऱ्यो। यस जीतको साथ इराक पोइण्ट्स टेबलमा सऊदी अरबको बराबरीमा पुग्यो। यी दुवै टीमको अघिल्लो म्याच मंगलवार रहेको छ, जसले ग्रुप विजेता र सीधै क्वालीफिकेशनको दौड़ तय गर्नेछ। इराकले सऊदी अरबलाई पराजित गरे टीमले १९८६ पछि पहिलोपल्ट वर्ल्ड कपमा स्थान बनाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement