नयाँ दिल्ली: भारतका ओपनिंग ब्याटर यशस्वी जयसवालले अन्तर्राष्ट्रिय क्रिकेटको सबै प्रारूप मिलाएर ३००० रनको आँकड़ा पार गरेका छन्। जयसवालले यस विशेष उपलब्धिलाई वेष्ट इण्डिजविरुद्ध दिल्लीको अरुण जेटली स्टेडियममा जारी दोस्रो टेस्ट म्याचको पहिलो दिन हासिल गरे। यस युवा ब्याटरले भारतको पहिलो ईनिंग्समा १७५ रन बनाए। जयसवालले अहिलेसम्म ५० वटा अन्तर्राष्ट्रिय म्याचमा लगभग ४७.८१-को औसतले ३१५८ रन बनाएका छन्। यसमा ८ वटा शतक र १७ वटा अर्द्धशतक सामेल छ। यसमा ७ वटा शतक त उनले टेस्ट प्रारूपमा लगाएका छन्। यसबाहेक उनले टी२० अन्तर्राष्ट्रियमा पनि एउटा शतक बनाएका छन्। यस अवधि उनको सर्वोच्च स्कोर अविजित २१४ रन रहेको छ। जयसवालको सातवटा टेस्ट शतकमा ५ वटा स्कोर १५० भन्दा अधिकको रहेको छ। टेस्ट क्रिकेटमा २३ सालभन्दा कम्ती उमेरमा जयससवालभन्दा अधिक १५०-को टेस्ट स्कोर एकमात्र सर डन ब्र्याडम्यान (८ पल्ट) बनाएका छन्। भारतको निम्ति ओपनिंग ब्याटरको रूपमा जयसवालले आफ्नो पदार्पणपछि सर्वाधिक शतक (७) लगाएका छन्। रहल सबैले मिलेर ६ वटा शतक बनाएका छन्। जयसवालले भारतको पहिलो ईनिंग्समा २५८ बल खेलेर १७५ रन बनाए। उनले २२ वटा चौका लगाए। दोहोरो शतकको दिशामा अघि बढ़िरहेका जयसवाल दुर्भाग्यजनक तरिकाले रन आउट भए।