सोनादा: सोनादादेखि ओह्रालो रोड भएर जाँदा सात दिनदेखि दुःखेको आफ्नो ढाड ठीक भएको अनि सोनादादेखि ग्यारेज लाइन हुँदै रमिते, नाली चउर, पचेङ भएर रङमुक मुण्डा जाने रोड भएर गए दुखेको ढाड पनि जाती हुने साथै कसैको ढाड दु:खेको छैन भने यो रोड भएर जाँदा ढाड दुख्ने बिमारी हुने सांसद राजु विष्टले बताएका छन्। दार्जिलिङ संसदीय क्षेत्रका सांसद राजु विष्टले रंगबुल धोत्रे रंगमुक समष्टि र सोनादा पचेङ समष्टिको विभिन्न पैह्रोग्रस्त क्षेत्रहरुको निरीक्षण भ्रमण गरेको समय सोनादाको उक्त रोड विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै रोडको अवस्था एकदमै खराब रहेको बताए। उनले यो रोडको अवस्थाले गर्दा स्थानीयहरुले धेरै असुविधा झेल्न परिरहेको र यस्तो खराब अवस्थामा पनि मरमत्ति नभएकोमा चकित बनेका छन्। उनले पहाडको सम्पूर्ण रोडहरु तीन चार महिनाभित्रमा बनाउनु पर्ने नत्र ठेकेदारहरुलाई आफै एफआईआर गर्दै जेल हाल्ने चेतावनी दिएका छन्। सांसद राजु विष्टले ठेका लिएर घटिया बाटो बनाउने, ठेका लिएर पैसा थापेर पनि काम नगर्ने, धेरै स्थानमा नरिवल मात्र फुटाएको बताउँदै जति ठेका लिएको बाटो तीन चार महिनाभित्रमा पहाडको सबै बाटो बनाउनु नत्र आफै एफआईआर गर्दै जेल हाल्ने चेतावनी दिएका छन्। उनले यसको लागि पहिला सबै बाटोको निरीक्षण गर्नु जाने र एफआईआर गर्दै जेल हाल्ने चेतावनी जारी गरेका छन्।

सांसद राजु विष्टले मिलिङदेखि रङमुकसम्म ५.१७ किलोमीटरको १६ करोडको रोड जसमा एउटा पुल पनि रहेको र त्यो बाटो एक वर्ष बेसी भएर पनि काम नभएको बताए। उनले यो केन्द्रको पैसा हो तर काम भने भएको छैन भनी बताएका छन्। सांसद राजु विष्टले भने, पहाडको मुख्य रोडलाई जोड्ने बाटो केन्द्र सरकारले सहयोग गर्छ, मैले पहाडको सबै रोडको लागि साथै २० वटा पुलको लागि केन्द्रबाट पारित भएको र सांसदको तर्फबाट पनि राज्यलाई दिईसकेको तर राज्यले के गर्दैछ। उनले अघि भने, बाटो घाटोमा राजनीति गर्नु छैन तर जनताले आफै बुझ्छ।