टिस्टा लो ड्याम परियोजना–३ र ४ का इन्चार्जमा परिवर्तन

IMG-20251009-WA0119

टिस्टा: एनएचपीसी टिस्टा लो ड्याम परियोजना-३ र ४ का समूह महाप्रबन्धक (आई.सी) पी.के. रायको पदोन्नति भई फरीदाबाद मुख्य कार्यालयमा सरुवा गरिएको छ।
यससँगै आजदेखि टिस्टा लो ड्याम परियोजना–३ (रम्बी) का नयाँ इन्चार्ज मनोज कुमार सिंह र टिस्टा लो ड्याम परियोजना–४ (कालीझोरा) का इन्चार्ज आनन्द कुमार नियुक्त भएका छन्।
अब टिस्टा लो ड्याम परियोजना–३ र ४ दुवैको आफ्नै इन्चार्ज तोकिएको छ। यसअघि यी दुईवटा एनएचपीसी परियोजना (टीएलडीपी–३/४) को जिम्मेवारी एकै प्रमुख अभियन्ता पी. के. रायले सम्हाल्दै आएका थिए। तर अब एनएचपीसीले टीएलडीपी–३ र टीएलडीपी–४ का लागि छुट्टाछुट्टै मुख्य अभियन्ता नियुक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement