राज्यपालले नर्थ बंगालको स्थिति सम्बन्धी रिपोर्ट दिल्लीमा बुझाए

20251008388L

कोलकाता: पश्चिम बंगालका राज्यपाल डा. सी.भी. आनन्द बोसले बुधबार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरी नर्थ बंगालको स्थिति सम्बन्धी रिपोर्ट बुझाएका छन्। यो भेट त्यतिबेला भएको हो जब केही दिनअघि भाजपा सांसद खगेन मुर्मू र सिलीगुड़ीका विधायक शंकर घोषमाथि भीडले आक्रमण गरेको थियो।
मंगलवार लोकसभा सचिवालयले केन्द्रीय गृहमन्त्रालयसँग तीन दिन भित्र यस आक्रमण सम्बन्धी तथ्य रिपोर्ट मागेको थियो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राज्यपालले राज्यको स्थिति प्रति चिन्ता व्यक्त गरे। उनले भने कि पछिल्ला दिनहरूमा राज्यमा जे भएको छ, त्यो अस्वीकार्य छ। कानून–व्यवस्था बिग्रिएको छ। संसद र विधायकमाथि आक्रमण भएको छ। लोकतन्त्रमा यस प्रकारको घटना हुन सक्दैन। हामीलाई राम्रो प्रहरी व्यवस्था आवश्यक छ।
राजभवनका एक वरिष्ठ अधिकारीका अनुसार, राज्यपालले नर्थ बंगालको बाढी प्रभावित क्षेत्रको ग्राउन्ड रिपोर्ट पनि बुझाएका छन्। स्थानीयहरूसँगको संवादको रिपोर्ट पनि उनले पेश गरेका छन्।
सांसद र विधायकमाथि आक्रमण:
हालै नर्थ बंगालमा आएको प्राकृतिक विपत्तिमा अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ। धेरै मानिस अझै हराइरहेको आशंकामा छन्। प्रभावित क्षेत्रमा पुगेका भाजपा सांसद खगेन मुर्मू र विधायक शंकर घोषमाथि भीडले आक्रमण गरेको थियो। उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। राज्यपाल सी.भी. आनन्द बोस र मुख्यमन्त्री ममता बनर्जी पनि सांसदसँग भेट्न अस्पताल पुगेका थिए।
यस आक्रमणको घटनामा दुई जनालाई गिरफ्तार गरिएको छ। राज्यपालले घटनाप्रति चिन्ता व्यक्त गर्दै भने कि जे भयो त्यो अनुचित छ र दोषीहरूलाई क्षमा गरिने छैन। उनले भाजपा नेतामाथि आक्रमणको आलोचना गर्दै अधिकारीहरूलाई अनुरोध गरे कि क्षेत्रको कानून–व्यवस्था कायम रहोस् र यस्ता घटनाहरू फेरि नदोहोरिउन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement