ओलीको चेतावनी: डराएर भाग्दिनँ

IMG-20251009-WA0111

काठमाण्डोंँ: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन्।
उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी दिएका छन्। उनले देश चलाउने ठट्टा नभएकाले ख्याल गर्न उल्लेख गरे।
उनले भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सडकमा तमासा गरिरहेको बताए।
‘पासपोर्ट रोक्का रे। डाँडो काट्न नहुने हो रे। सुशीला कार्की डरको डरले केपी ओली भाग्छ?
उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन। तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु। राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन।’
उनले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी दिए।
‘हामी जेल नेल भोगेर आएका हौं। हाम्रा लागि यो नयाँ कुरा होइन,’ उनले भने ‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरहनु पर्दैन। हामीले जनताको शासन भनेर लोकतंत्र ल्याएका हौ। लडेका हौं।’
उनले अहिले देशको सार्वभौमसत्तामाथि हमला भइरहेको पनि उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement