विदेशी पर्यटकको उद्धार

IMG-20251009-WA0109

दोलखा: दोलखाको बिगु गाउँपालिका-१ स्थित लप्ची गुम्बामा ध्यान गरेर फर्किरहेका चार विदेशी पर्यटक बाटोमै अलपत्र परेका थिए। उनीहरूको उद्धार गरिएको छ। उनीहरूमध्ये दुई जना रुसका र दुई जना स्विजरल्याण्डका थिए। बाटो अवरुद्ध हुँदा उनीहरू सोही गाउँपालिकाको भाग इलुकमा रहेको नासा जलविद्युत केन्द्रमा बसिरहेका थिए।
आश्विन २१ (अक्टोबर ७) मा उनीहरू गुम्बाबाट काठमाडौँ जाँदै थिए। दोलखाको लामाबगरस्थित लप्ची रोडको कच्ची बाटोमा पहिरो खसेर अलपत्र परेका थिए। आज (बिहीबार) बिहान करिब १० बजे सशस्त्र प्रहरी बलको लामाबगरस्थित सीमा चौकी (बीओपी) बाट सुरक्षा बल र नेपाल प्रहरीको संयुक्त टोलीले चार जनालाई उद्धार गरेको छ। उनीहरूलाई काठमाडौं ल्याइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement