ओलम्पिक पदक विजेता पहलवान अमन सहरावत एक सालको निम्ति निलम्बित

IMG-20251008-WA0078

नयाँ दिल्ली: पेरिस ओलम्पिकमा काँस्य पदक विजेता पहलवान अमन सहरावतलाई भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-ले एक सालको निम्ति निलम्बित गऱ्यो। यो कदम त्यस घटनापछि उठाइएको छ जब अमनलाई विश्व कुश्ती च्याम्पियनशीपमा ओजन सीमाभन्दा १.७ किग्रा अधिक ओजन भएको पाइएको थियो। ५७ किग्रा वर्गका यस प्रमुख फ्रीस्टाइल पहलवानलाई नियमहरू अनुसार प्रतियोगिताबाट डिस्क्वालीफाई गरिएको थियो। डब्ल्यूएफआई-ले आफ्नो आधिकारिक पत्रमा लेखेको छ, अमनलाई कारण बताउ नोटिसको तारिखदेखि एक वर्षको अवधिको निम्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कुश्तीसँग सम्बन्धित समस्त गतिविधिहरूबाट निलम्बित गरिन्छ। कुश्ती महासंघले २३ सेप्टेम्बरमा अमनलाई कारण बताउ नोटिस जारी गरेको थियो, जसमा उनीसँग यस गल्तीको निम्ति स्पष्टीकरण मागिएको थियो। यसको जवाफमा अमनले २९ सेप्टेम्बरमा आफ्नो पक्ष राखेका थिए तर अनुशासन समितिले उनको जवाफलाई असन्तोषजनक मान्यो। महासंघले भनेको छ, अनुशासन समितिले अमनको जवाफको विधिवत समीक्षा गऱ्यो अनि मुख्य प्रशिक्षक एवम् सहायक कोचिंग स्टाफबाट पनि स्पष्टीकरण प्राप्त गऱ्यो। विस्तृत जाँचपछि अमनको जवाफमा असन्तोषजनक पाइयो अनि कठोर अनुशासनात्मक कार्वाहीको फसेला लिइयो। यस निर्णयपछि अमन सहरावतले अब राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरमा डब्ल्यूएफआईद्वारा आयोजित या स्वीकृत कुनै पनि कुश्ती गतिविधिहरूमा हिस्सा लिन सक्नेछैनन्।
महासंघले यस निलम्बनलाई केवल तक्निकी गल्ती नभएर अनुशासनहीनता र पेशादार आचरणको कमीसँग सम्बन्धित मामिला बतायो। डब्ल्यूएफआई-ले बताएअनुसार, एकजना ओलम्पिक पदक विजेताबाट खेल भावना र अनुशासनको उच्च मानकहरू पालन गरिएको आशा गरिन्छ। यसैकारण यो चूक कुश्तीको अनुशासन र भारतको छविको विरुद्ध हो। यस निलम्बनले गर्दा अमनले अब २०२६-सम्म कुनै पनि आधिकारिक प्रतियोगितामा हिस्सा लिन सक्नेछैनन्। यो शास्ती उनको करियरको निम्ति पनि ठूलो धक्का हो कारण उनलाई ५७ किग्रा फ्रीस्टाइल वर्गमा भारतका शीर्ष पहलवानहरूमा एक मानिन्छ। डब्ल्यूएफआई-को यस कदमले संगठन अब खेलाड़ीहरूका आचरण र फिटनेस मानकहरूमाथि कठोरताको साथ कदम उठाउने स्पष्ट भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement