केन्द्रीय संसदीय मन्त्री किरण रिजिजु र बंगालको विपक्षीका नेता शुभेन्दु अधिकारीद्वारा मिरिकको‌ भ्रमण

IMG-20251007-WA0141

आपदाको बेला हामी राजनीति छोडेर काम गर्नेछौँ साथै केन्द्र र राज्यको सामुहिक प्रयासमा कार्य गर्नेछौँ: किरण रिजिजु

मिरिक: केन्द्रीय संसदीय मन्त्री किरण रिजिजु र पश्चिम बंगाल विधानसभाको विपक्षीका नेता शुभेन्दु अधिकारी र दार्जिलिङका सांसद राजु विष्टले आज मिरिकको सौरेनीमा‌ पैह्रोग्रस्त क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। केन्द्रीय मन्त्री किरण रिजिजु र बंगालका विपक्षीका‌ नेता शुभेन्दु अधिकारीले‌ सौरेनीका‌ पैह्रो पिढीतहरुलाई भेट‌ गरी विभिन्न समस्याहरु बुझ्नुको साथै बातचीत पनि गरेका छन्। केन्द्रीय मन्त्री किरण रिजिजु समक्ष पैह्रो पिढीतहरुले‌ आफ्नो विभिन्न समस्याहरु र समाधानको मांग गरेका थिए।‌तीनैजनाले पैह्रोले वाधित गाउँ र मृतकको परिवारसित पनि भेटघाट गरेका थिए। यसको साथै उध्दार र बचाऊ कार्य अनि आवश्यक कुराहरुको जायजा लिएका थिए। उक्त पैह्रोले प्रभावित गाउँको भ्रमण गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री किरण रिजिजुले दार्जिलिङ जिल्लामा भारी वर्षाले‌ धेरै क्षति भएको बताउँदै यस क्षय क्षतिको केन्द्र र राज्य मिलेर कार्य गर्ने बताए। उनले आफु आज यहाँ पैह्रो निरीक्षणको‌ लागि आएको र गएर गृहमन्त्री र प्रधानमन्त्री समक्ष रिपोर्ट बुझाउने अनि राज्य सरकारसित मिलेर कार्य गर्ने बताए। उनले यो‌‌ ठूलो‌ डिजास्टर बताउँदै सर्वप्रथम हामी राज्य र केन्द्र मिलेर मानिसहरुलाई सहयोग गर्नेछौँ भनी बताएका छन्।‌ उनले पैह्रोमा ज्यान गुमागनेहरुप्रति श्रध्दाञ्जली अर्पण गरेका छन्।‌ उनले यो आपदाको बेला केन्द्र सरकार र राज्य सरकार मिलेर कार्य गर्ने बताउँदै यो आपदाको बेला हामी राजनीति छोडेर काम गर्नेछौँ साथै केन्द्र र राज्यको सामुहिक प्रयासमा कार्य गर्नेछौँ भनी बताए।‌

पत्रकारहरुलाई पश्चिम बंगाल विधानसभाको विपक्षीका नेता शुभेन्दु अधिकारीले‌ पनि सम्बोधन गरेका थिए भने दुईजनाको साथमा दार्जिलिङका‌ सांसद राजु विष्ट र जीटीएको कार्यकारी सभासद अरुण सिंग्ची पनि उपस्थित रहेका थिए‌। भोलि बुधबार केन्द्रीय संसदीय मन्त्री किरण रिजिजु बिजनबारी क्षेत्रको प्राकृतिक प्रकोपको‌ निरीक्षण गर्न जाने जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement