पैह्रोमा ज्यान गुमाएका प्रत्येक मृतकलाई ५ लाखको चेक वितरण
खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज खरसाङ खण्ड अन्तर्गत दुधे क्षेत्रको निरीक्षण भ्रमणमा आइन्। यसावधि उनले दार्जिलिङ जिल्लाभरिका पैह्रो पिढीतहरु र बाढ पिढीतहरुलाई भेटघाट गर्नुको साथै पैह्रोमा ज्यान गुमाएका प्रत्येक मृतकलाई ५ लाख गरेर चेक वितरण गरिन्। यसको साथै मृतकको परिवारलाई राज्य सरकारको तर्फबाट होम गार्डको नोकरी दिने घोषणा गरिन्। उनले होम गार्डको नोकरीको लागि कुनै शैक्षिक योग्यता नपर्ने र ऊँचाई पनि नपर्ने बताइन्। मृतकको एक घरबाट कसले नोकरी गर्ने परिवारले निर्णय गर्नु पर्ने र यसको लागि बायोडाटा तयार पारेर राख्ने बताएकी छन्। उनले गोम गार्डको नोकरीको लागि जिल्ला शासकलाई डाटा संकलन गर्ने र जिल्ला शासकबाट जिल्ला पुलिस अधिकारीलाई र जिल्ला पुलिसले डिजीलाई सूचित हो गर्नु पर्ने बताइन्। यसको साथै बाढ पिढीत र पैह्रो पिढीतहरुको घर निर्माण गरिदिने पनि घोषणा गरिन्। यसको लागि जिल्ला शासक डा प्रीति गोयल, जीटीए प्रमुख अनित थापा, एलबी राई र राज्यको मन्त्री अरुप विश्वासलाई जिम्मेवारी दिएकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले पैह्रोमा परिवारको सबै सदस्यहरु गुमाएका एकजना नानीलाई स्कलरसीप दिने र पढाई खर्च बेहोर्ने घोषणा गर्दै यसको लागि जीटीए प्रमुख अनित थापा र एलबी राई अनि जिल्ला शासकलाई जिम्मेवारी दिएकी छन्।

मुख्यमन्त्री ममता ब्यानर्जीले पैह्रोमा ज्यान गुमाएका परिवारको सदस्यहरुलाई चेक वितरण गर्न अघि आफ्नो सम्बोधन राखेकी थिइन्। उनले दुधेको ब्रिज बनाउन एक वर्ष लाग्ने र नयाँ ब्रिज बनाउन शुरु गरिएको जानकारी गराइन्। यस चेक वितरण कार्यक्रम सकिएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले दुधेको भत्केको पूलको पनि निरीक्षण गरिन्। यसावधि उनले कामको प्रोग्रेस विषयमा सन्तुष्ट व्यक्त गरिन्। उनले काम गर्ने ईञ्जिनियरहरु र श्रमिकहरुलाई सुरक्षा व्यवस्थाको साथमा काम गर्ने सुझाव राखिन्।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको भ्रमणको समयमा राज्यको मन्त्री अरुप विश्वास, पूर्व मन्त्री एवं सिलगढी नगर निगमको मेयर गौतम देव, जीटीए प्रमुख कार्यपाल अनित थापा, दार्जिलिङ जिल्ला शासक डा प्रीति गोयल लगायत अन्य वरिष्ठ अधिकारीहरु उपस्थित रहेका थिए।