भाजपाका नेताद्वारा राज्यपाललाई अनुच्छेद ३५५ लागू गर्न माग

bjp-leader-koustav-bagchi-091228924-16x9_0

काेलकाता: पश्चिम बंगालमा संवैधानिक संकट गहिरिँदै गएको दाबी गर्दै भारतीय जनता पार्टी (भाजपा) का नेता कौस्तव बागची ले राज्यपाललाई पत्र लेख्दै संविधानको अनुच्छेद ३५५ लागू गर्न माग गरेका छन्।
उनको यो माग सोमबार उत्तर बंगालको नागराकाटा क्षेत्रमा राहत वितरणका क्रममा भाजपा प्रतिनिधिमण्डलमाथि भएको आक्रमण पछि आएको हो।
भाजपाको उक्त टोलीमा राज्यसभा सांसद शमिक भट्टाचार्य, लोकसभा सांसद खगेन मुर्मू, र राज्यसभाका मुख्य सचेतक डा. शंकर घोष सहभागी थिए। राहत वितरणका क्रममा सत्तारूढ दलसँग सम्बद्ध समूहले तोडफोड तथा आक्रमण गरेको आरोप लगाइएको छ।
आक्रमणमा सांसद खगेन मुर्मू गम्भीर घाइते भएका छन् र उनी अस्पतालमा उपचाररत छन्।
बागचीले राज्यपाललाई लेखेको पत्रमा भनेका छन् — “जब सांसद र विधायकहरू नै सुरक्षित छैनन्, तब सामान्य जनताको सुरक्षाको अवस्था कस्तो होला?” उनले राज्यमा संवैधानिक संयन्त्र असफल हुँदै गएको संकेत दिएका छन् र राज्यपाललाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।
संविधानको अनुच्छेद ३५५ अनुसार केन्द्र सरकारको दायित्व हुन्छ कि राज्य सरकारले संविधानका प्रावधानअनुसार काम गरिरहेको छ कि छैन भन्ने सुनिश्चित गर्न। यो अवस्था प्रायः राष्ट्रपतिशासन (अनुच्छेद ३५६) लागू हुनु अघि देखिने चेतावनीको रूपमा मानिन्छ।
यो घटना अहिले पश्चिम बंगालको राजनीतिक माहोलमा नयाँ विवाद सिर्जना गर्ने सम्भावना रहेको बताइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement