नयाँ दिल्ली: भारतका स्टार विकेटकीपर-ब्याटर रिषभ पन्तलाई चाँड़ै प्रतिस्पर्धी क्रिकेट खेलिरहेको देखिने सम्भावना छ। रिपोर्ट अनुसार, पन्तले अक्टोबरको अन्तिम हप्तामा दिल्लीको तर्फबाट रणजी ट्रफी म्याच खेल्ने सम्भावना छ। देब्रे हातका यस ब्याटरलाई ईंग्ल्याण्ड यात्राको अवधि खुट्टामा चोट लागेको थियो। चोट रहँदा-रहँदै पनि उनी अघिल्लो दिन टीमको निम्ति ब्याटिंग गर्न ओर्लिँदा स्थिति अझ बिग्रिएको थियो। यस चोटले गर्दा नै उनले एशिया कप र वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीजमा हिस्सा लिन सकेनन्। यसबाहेक अष्ट्रेलिया यात्राको निम्ति पनि उनलाई टीममा सामेल गरिएन। बीसीसीआई-का एकजना सीनियर अधिकारीले भनेका छन्, पन्तको दाहिने खुट्टाको जाँच यस हप्ता बीसीसीआईको सेण्टर अव् एक्सीलेन्स (एसओई)-मा मेडिकल टीमद्वारा गरिनेछ। सबैथोक ठीकठाक रहे उनले १० अक्टोबरसम्म मैदानमा ओर्लिने अनुमति पाउनेछन्। यो उनको निम्ति लामो रिकवरी पीरियड रह्यो। अहिले बीसीसीआईको मेडिकल टीम कुनै जोखिम उठाउन चाहँदैन। यसबीच पन्त स्वयं पनि रणजी म्याच खेल्न उत्साहित छन्। मेडिकल टीमबाट फिटनेस क्लीयरेन्स पाए २५ अक्टोबरदेखि शुरु हुने रणजी ट्रफी म्याच खेल्न उपलब्ध रहने पन्तले दिल्ली एवम् जिल्ला क्रिकेट संघ (डीडीसीए)-का अध्यक्ष रोहन जेटलीलाई सूचित गरेका छन्। डीडीसीए-का एकजना अधिकारीले भने, दिल्लीको शिविरमा कहिले सामेल हुनेछन् भन्ने तारिखको चाहिँ पन्तले पुष्टि गरेका छैनन्। उनी अहिले सीओई-बाट मञ्जुरीको प्रतीक्षा गरिरहेका छन्। उनले १५ अक्टोबरदेखि शुरु हुने पहिलो रणजी म्याचमा खेल्ने सम्भावना कम्ती नै छ तर पछिबाट म्याच खेल्न उपलब्ध रहे उनले टीमको कप्तानी पनि गर्नेछन्। उल्लेखनीय छ, भारतले १४ नोभेम्बरदेखि दक्षिण अफ्रिकाविरुद्ध घरेलु टेस्ट सीरीज खेल्नेछ। यस्तो स्थितिमा पन्तले ५ नोभेम्बरसम्म २ वटा रणजी म्याच खेल्न सक्नेछन्। यसले गर्दा उनले घरेलु सीरीजको निम्ति तयारी गर्ने मौका पाउनेछन्।