भारतविरुद्ध घरेलु वनडे र टी२० सीरीजको निम्ति अष्ट्रेलियाद्वारा टीमहरूको घोषणा

IMG-20251007-WA0077

सिडनी: क्रिकेट अष्ट्रेलियाले भारतविरुद्ध आउँदो घरेलु वनडे र टी२० इण्टरनेशनल सीरीजको निम्ति आफ्नो टीमहरू घोषणा गऱ्यो। यो सीरीज १९ अक्टोबरदेखि शुरु हुनेछ। वनडे टीममा पेस बलर मिचेल स्टार्क र ओपनर म्याथ्यू शर्ट फर्किएका छन्। स्टार्कले गत महिना टी२० इण्टरनेशनल क्रिकेटबाट सन्न्यासस लिएका थिए तर यसपाली उनी भारत जस्तो मजबूत टीमविरुद्ध ५० ओभरको प्रारूपमा खेल्न मैदानमा ओर्लिनेछन्। अष्ट्रेलिया यात्राको निम्ति भारतले पनि हालै वनडे र टी२० टीमको घोषणा गरेको थियो। अष्ट्रेलियाका नियमित कप्तान प्याट कमिन्स चोटले गर्दा यस सीरीजबाट बाहिर रहनेछन्। यसैकारण टी२० टीमका कप्तान मिचेल मार्शले वनडे र टी२० दुवै प्रारूपमा टीमको कप्तानी गर्नेछन्। मार्शसँग कप्तानीको पर्याप्त अनुभव रहेको छ अनि भारत जस्तो चुनौतीपूर्ण टीमविरुद्ध उनले आफ्नो क्षमता साबित गर्ने असल मौका पाउनेछन्। अष्ट्रेलियाको वनडे टीममा चारवटा बद्लाउ गरिएको छ। दक्षिण अफ्रिकाविरुद्ध गत वनडे सीरीज (जसमा अष्ट्रेलिया २-१-ले पराजित भएको थियो)-को निराशाजनक परिणामले गर्दा चयनकर्ताहरूले टीममा फेरबदल गरेका छन्। मिचेल स्टार्क, म्याथ्यू शर्ट, म्याथ्यू रेनशा र मिचेल ओवेनलाई टीममा स्थान दिइएको छ। यसरी एरोन हार्डी, म्याथ्यू कुहनेम्यान र अनुभवी ब्याटर मार्नस लाबुशेनलाई टीमबाट बाहिर गरिएको छ। यस सालको अन्तमा ईंग्ल्याण्डविरुद्ध खेलिने एशेज सीरीजको तयारी गर्न लाबुशेनले अब क्वीन्सल्याण्डको निम्ति शेफील्ड शील्डमा चारदिने क्रिकेट खेल्नेछन्।
भारतविरुद्ध टी२० सीरीज २९ अक्टोबरदेखि शुरु हुनेछ। क्रिकेट अष्ट्रेलियाले पहिलो २ वटा टी२०आई म्याचको निम्ति १४ सदस्यीय टीमको घोषणा गरेको छ। अष्ट्रेलियाई टी२० टीममा नाथन एलिस र जोश ईंग्लिश फर्किएका छन्, जसले हालै दक्षिण अफ्रिकाविरुद्ध टी२० सीरीज खेलेका थिएनन्। यस सीरीजलाई आउँदो साल हुने आईसीसी टी२० वर्ल्ड कपको तयारीहरूको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ। चयन समितिका प्रमुख जर्ज बेलीले आउँदो समयमा टी२० टीममा अझ केही बद्लाउ हुनसक्ने संकेत दिए, जसले खेलाड़ीहरूले घरेलु क्रिकेट र टेस्ट सीरीजको तयारीको निम्ति समय निकाल्न सक्नेछन्। बेलीले भने, हामीले वनडे सीरीज र टी२०-को शुरुवाती २ वटा म्याचको निम्ति टीमको चयन गरेका छौं। सीरीजको अन्तमा केही खेलाड़ीहरूलाई घरेलु क्रिकेटमा फर्किन आराम दिइन सकिन्छ। यसले गर्दा उनीहरूले टेस्ट सीजनको तयारी गर्न सक्नेछन्। टी२० वर्ल्ड कपको तयारीको निम्ति अधिकांश खेलाड़ी टीममा कायम रहनेछन् तर केही खेलाड़ीहरूलाई टेस्ट क्रिकेटको निम्ति पर्याप्त समय प्राप्त होस् भन्ने कुरालाई ध्यानमा राखेर हामी सन्तुलन बनाउने प्रयास गरिरहेका छौं।
भारतविरुद्ध वनडे सीरीजको निम्ति अष्ट्रेलियाई टीमः
मिचेल मार्श (कप्तान), जेवियर बार्टलेट, एलेक्स केरी, कूपर कोनोली, बेन ड्वारशुइस, नाथन एलिस, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, मिचेल ओवेन, म्याथ्यू रेनशा, म्याथ्यू शर्ट, मिचेल स्टार्क, एडम जाम्पा।
भारतविरुद्ध टी२० सीरीजको पहिलो २ वटा म्याचको निम्ति अष्ट्रेलियाई टीमः
मिचेल मार्श (कप्तान), शन एबट, जेवियर बार्टलेट, टिम डेविड, बेन ड्वारशुइस, नाथन एलिस, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, म्याथ्यू कुहनेम्यान, मिचेल ओवेन, म्याथ्यू शर्ट, मार्कस स्टोइनिस, एडम जाम्पा।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement