बेजिंग: अमेरिकाकी अमाण्डा एनिसिमोवाले असाधारण प्रदर्शन गर्दै चाइना ओपन टेनिस टुर्नामेण्टको खिताब जितिन्। एनिसिमोवाले फाइनल म्याचमा लिण्डा नोस्कोवालाई ६-०, २-६, ६-२-ले पराजित गरी यस हार्ड कोर्ट टुर्नामेण्टमा ट्रफी जितिन्। सेमिफाइनलमा गत विजेता तथा आफ्नै देशकी कोको गौफलाई पराजित गर्ने एनिसिमोवाले दर्शनीय ब्याकह्याण्ड विनरको साथ म्याच समाप्त गरिन्। चाइना ओपनमा यो उनको पहिलो खिताब हो। चेक रिपब्लिककी २० वर्षीय खेलाड़ीले तेस्रो वरीयता प्राप्त खेलाड़ीलाई कड़ा चुनौती दिए पनि १ घण्टा ४६ मिनटसम्म चलेको म्याचको अन्तिम क्षणमा उनलाई सामान्य थकित देखियो। एनिसिमोवा यस साल यूएस ओपन र विम्बल्डन दुवैमा उपविजेता रहेकी थिइन् अनि अहिले उनी विश्व र्याङ्किंगमा चौथो स्थानमा पुगेकी छन्। जारी सीजनमा यो उनको दोस्रो डब्ल्यूटीए १००० खिताब हो। नोस्कोवा २००९-मा डब्ल्यूटीए १००० प्रारूपको शुरुवातपछि फाइनलमा पुग्ने चेक रिपब्लिककी सबैभन्दा युवा खेलाड़ी हुन्।