सांसद राजु विष्टद्वारा मिरिकको पैह्रो प्रभावित क्षेत्रको‌ निरीक्षण भ्रमण

IMG-20251006-WA0104

मिरिक: दार्जिलिङका सांसद राजु विष्टले आज पैह्रोले प्रभावित मिरिककाे भ्रमण गरे। सांसदले भ्रमणकाे अवधि मिरिक अनि साैरेनीकाे पैह्रो क्षेत्रको स्थलगत भ्रमण गरेर पैह्राेले गरेकाे क्षय क्षतिकाे जानकारी संग्रह गरेका थिए। यस अवधि सांसदले पैह्राे पिडितहरूसित भलाकुसारी गरे भने घाइतेहरूकाे उपचारकाे विषयमा जानकारी संग्रह गरे। सांसद विष्टले मिरिककाे रिलिफ सेन्टरमा बसेका पैह्राे पिडितहरूसित पनि भेट गरेर बातचीत गरे। उनले भ्रमणकाे अवधि मिरिक सरकारी अस्पतालमा उपचार गरिरहेका पैह्राे पिडितहरूकाे हालचालबारे साेधखाेज गरे अनि चिकित्सकहरूलाई घाइतेहरूकाे उपचारमा कुनै कमी नराख्ने अनुराेध गरे। यस अवसरमा मिरिकमा पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद राजु विष्टले भने, यो प्राकृतिक प्रकोपको‌ समय हामी सबैले मिलेर काम गर्नुपर्छ अनि यो प्रकोपको समय जनतालाई सहयोग गर्नुपर्छ। यो समय सबैले राजनीति एकापट्टि राखेर कार्य गर्नुपर्छ र जनतालाई परेको बेला सहयोग गर्नुपर्छ।’

उनले अघि भने, ‘हिजो मैले पीएमओ र गृह मन्त्रालयलाई रिपोर्ट बुझाएको छु। राज्यले रिपोर्ट बुझाएपछि केन्द्रले पनि केही घोषणा गर्नेछ। आज मुख्यमन्त्री उत्तर बंगाल आएको र भोलि पहाड आउने सुनेको छु र मैले यसपाली डिजास्टर घोषणा गर्ने अनुरोध गरेको छु।’
सांसद राजु विष्टले अझ भने, यो प्राकृतिक आपदाको बेला केन्द्र सरकार, राज्य सरकार, जीटीए छ, पञ्चायत छ, म‌ सांसद छु, विधायक छन् र हामी सबै मिलेर काम गरे यो आपदाको बेला सहयोग हुनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement