पूर्व कप्तान रोहितको भरपूर प्रशंसा गरे दिनेश कार्तिकले

IMG-20251005-WA0106

मुम्बई: भारतीय क्रिकेटमा शनिवार एउटा महत्त्वपूर्ण मोड़ आयो। चयनकर्ताहरूले रोहित शर्मालाई वनडे टीमको कप्तानीबाट हटाएर युवा ब्याटर शुभमन गिललाई कप्तानी सुम्पिए। यो फसेला २०२७-मा हुने वर्ल्ड कपलाई ध्यानमा राखेर लिइएको छ तर यस फसेलाले करोडौं भारतीय प्रशंसकहरूलाई स्तब्ध पनि बनाएको छ। यही भावनाहरूलाई रोहितका पुरानो साथी दिनेश कार्तिकले पनि गहिराईबाट महसूस गरेका छन् अनि इन्स्टाग्राम स्टोरीमा रोहितको निम्ति भावुक पोस्ट गरेका छन्। आईपीएल च्याम्पियन रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-का ब्याटिंग कोच अनि भारतका पूर्व विकेटकीपर-ब्याटर दिनेश कार्तिकले रोहितको कप्तानीको प्रशंसा गरेका छन्। उनले भीडियोमा भनेका छन्, रोहित शर्मालाई धेरै धेरै धन्यवाद। उनी अद्भुत कप्तानको साथमा रणनीतिक रूपले बुद्धिमान व्यक्ति थिए। सबैभन्दा ठूलो कुरा उनी आफ्नो स्वभावले सबैलाई जोड़्ने व्यक्ति थिए। उनले टीममा सबै खेलाड़ीहरूलाई सहज अनुभव गराए। कार्तिकले अझ भनेका छन्, उनले ठूलो म्याच अनि ठूलो मञ्चहरूमा कसरी जीत हासिल गर्नु पर्छ भन्ने टीमलाई सिकाए। यो उनको सबैभन्दा ठूलो विरासत रह्यो। दबाउमा हामी धेरैपल्ट पछि हट्ने गर्छौं तर उनले अघि बढ़ेर होस् या जोखिम लिएर होस्, विरोधी टीममाथि दबाउ बनाउनु सिकाए। उनले यो कुरा बोलेर मात्र होइन, मैदानमा स्वयंले अमल गरेर पनि देखाए। उल्लेखनीय छ, रोहितको कप्तानीमा भारतीय टीमले गत ३ सालमा केही असाधारण उपलब्धिहरू हासिल गऱ्यो। उनको कप्तानीमा भारतले २०२४-मा टी२० वर्ल्ड कप र २०२५-मा च्याम्पियन्स ट्रफी जित्यो। यसबाहेक २०२३ वनडे वर्ल्ड कपमा पनि टीमले लगातार १० वटा म्याच जितेर फाइनलमा स्थान बनाएको थियो। भारतले यी तीनवटा आईसीसी टुर्नामेण्टमा केवल एउटा म्याच गुमायो, जुन २०२३ वर्ल्ड कपको अष्ट्रेलियाविरुद्ध फाइनल थियो। रोहितको कप्तानीमा भारतले ५६ वटा वनडे म्याचमा ४२ वटा जितेको थियो। यसरी उनको जीतको प्रतिशत ७६ रहेको छ। कार्तिकले भने, २०२४ टी२० वर्ल्ड कपमा अजेय अभियान, च्याम्पियन्स ट्रफी २०२५-मा अपराजित, २०२३ वनडे वर्ल्ड कपमा केवल फाइनलमा चूक। यो अविश्वसनीय रेकर्ड हो। रोहितले म्याच डराएर होइन, एकक्षत्र शासन गरेर जित्न सिकाए। उनले भारतीय टीमलाई असल स्थितिमा पुऱ्याएर छोड़े। यही एकजना साँचो नेताको पहिचान हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement