राज्यसभा सांसद एंव दार्जिलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्षवर्धन श्रृङलाद्वारा ज्यान गुमाउने सबैप्रति समवेदना व्यक्त

IMG-20251005-WA0114

दार्जिलिङ: राज्यसभा सांसद एंव दार्जिलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्षवर्धन श्रृङलाले रातिको भारी वर्षाका कारण ज्यान गुमाउने सबैप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले आज प्रेस विज्ञप्ति जारी गर्दै भने, भारी वर्षापछि दार्जिलिङका धेरै स्थानहरूमा पैह्रो गएको छ अनि धेरै घरहरू क्षति पुर्‍याएको, जनजीवन अस्तव्यस्त बनाएको र धेरैलाई ठूलो कठिनाइ पुर्‍याएको छ। यस कठिन परिस्थितिमा प्रभावित सबैप्रति हामी आफ्नो चिन्ता र सहानुभूति प्रकट गर्दछौं।’
उनले भने, ‘दार्जिलिङ वेलफेयर सोसाइटीले प्रभावित परिवारहरूलाई सकेसम्म सहयोग र सहायता उपलब्ध गराउनेछ। हामी सबैलाई दार्जिलिङका लागि प्रार्थना गर्न अपिल गर्दछौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement