नेपालको क्षतिबारे दु:ख व्यक्त गर्दै मोदीले भने “जुनसुकै सहयोग गर्न तयार छौं”

IMG-20251005-WA0091

नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन्।
उनले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ।’
उनले नेपाली जनता र सरकारको साथमा भारत रहेको पनि बताएका छन्।
‘हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं,’ उनले भनेका छन्।
वर्षापछि आएको बाढी र पहिरोका कारण अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन्। देशभरका राजमार्ग अवरुद्ध हुनेगरी भएको वर्षा आज भने केही रोकिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement