टिकटक बनाउन खोलामा हाम फालेका युवक बेपत्ता

IMG-20251005-WA0082

बिर्तामोड़: बारा जिल्लाको प्रसौनी गाउँपालिकास्थित दुधौरा खोलामा एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा करिब १७ वर्षीय विक्की गोसाईं रहेका छन्।
टिकटक बनाउन भन्दै खोलामा पौडी खेल्ने क्रममा युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।
प्रहरीका अनुसार खोलामा दुई जना हाम फालेका थिए। ती मध्ये एक युवक बेपत्ता भएका हुन्। बेपत्ता युवकको खोजीका लागि प्रहरीको टोली घटनास्थल पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement