ईंग्लिश प्रीमियर लीगः आर्सनल, म्यानचेष्टर युनाइटेड र टोटनह्यामको जीत, लिभरपूलको हार

photocollage_2025105134931141

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन लिभरपूलले फेरि हारको सामना गर्नु पऱ्यो। यसबीच आर्सनल, म्यानचेष्टर युनाइटेड र टोटनह्यामले चाहिँ जीतको स्वाद चाख्यो। शनिवार राति खेलिएको चरम रोमाञ्चक म्याचमा चेल्सीले लिभरपूललाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ५४ प्रतिशत पोजेशनको साथ खेल्दै चेल्सीले शुरुमै बढ़त हासिल गऱ्यो। मोइजेस साइसेडोले १४औं मिनटमा गोल गरेर दिलाएको बढ़तलाई चेल्सीले मध्यान्तरसम्म कायम राख्यो। त्यसपछि कोडी गाक्पोले ६३औं मिनटमा गोल गरेर लिभरपूललाई बराबरीमा पुऱ्याए। अन्तमा सब्स्टीट्यूड खेलाड़ी एतेभाओले इञ्ज्युरी टाइमको पाँचौं मिनटमा गोल गरी चेल्सीलाई रोमाञ्चक जीत दिलाए। यस निराशाजनक हारपछि लिभरपूल ७ वटा म्याचमा १५ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको दोस्रो स्थानमा रहन पुग्यो। यसरी चेल्सी ११ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेको छ। यसबीच आर्सनलले वेष्ट ह्यामलाई २-०-ले पराजित गरी प्रीमियर लीगमा शीर्ष स्थान हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ६८ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट डेक्लान राइसले ३८औं र बुकायो साकाले ६७औं मिनटमा गोल गरे। यस जीतको साथ आर्सनलले १६ पोइण्ट्सको साथ लिभरपूललाई पछि छोड़ेर शीर्ष स्थान हासिल गऱ्यो।
यसरी नै म्यानचेष्टर युनाइटेडले सीजनको खराब शुरुवातपछि फर्ममा फर्किएको संकेत दिँदै सण्डरल्याण्डविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ५१ प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडको निम्ति मेसन माउण्टले आठौं र बेञ्जामिन सेस्कोले ३१औं मिनटमा गोल गरे। यस जीतको साथ म्यानचेष्टर युनाइटेड १० पोइण्ट्सको साथ गोल अन्तरको आधारमा नवौं स्थानमा रहन पुग्यो। यसरी सातौं स्थानमा रहने सण्डरल्याण्डसँग ११ पोइण्ट्स रहेको छ। टोटनह्यामले पनि लीड्स युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। यस अवे म्याचमा ४३ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामको तर्फबाट मााथिस टेलले २३औं र मोहम्मद कुडुसले ५७औं मिनटमा गोल गरे। यसरी लीड्स युनाइटेडको निम्ति नोआह ओकाफोरले ३४औं मिनटमा गोल गरे। यस जीतपछि टोटनह्याम १४ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहन पुग्यो। अन्य एउटा म्याचमा बोर्नमाउथले फूलह्यामलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमको तर्फबाट एण्टोनी सेमेन्योले २ गोल गरे। बोर्नमाउथ १४ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement