मिरिक जाने दुधेमा रहेको स्टिल ब्रिज भत्किएपछि सडक पनि वाधित
मिरिक: रातभरि परेकाे पानीले मिरिककाे विभिन्न ठाँउमा पैह्राे जाँदा खबर लेख्दासम्म १२ जनाले ज्यान गुमाएको जानकारी प्राप्त भएको छ। यसको साथै पैह्रोको चपेटमा परेर धेरैजना घाइते बनेका छन्।पैह्राेमा ज्यान गुमाउनेहरूकाे पार्थिव शरीरलाई मिरिक सरकारी अस्पतालमा लगिएको छ।

पैह्रोमा ज्यान गुमाउनेहरुको पार्थिव शरीरकाे पाेष्टमोर्टम मिरिक अस्पतालमा नै गरिने व्यवस्था जीटीए स्वास्थ्य विभागले गरेकाे विभागीय कार्यकारी सभासद अरूण सिंग्चीले बताएका छन्। पैह्राेकाे कारण मिरिक दार्जिलिङ अनि सिलगढी मार्ग ठप्प बनेकाे छ।हाल विभिन्न क्षेत्रमा राहत अनि उद्धार कार्य चलिरहेकाे छ भने मृतकहरूकाे संख्या अझ बढ्न सक्ने अनुमान गरिएकाे छ।

रातभरि परेको पानीले मिरिकमा अध्याधिक क्षति पुगेको छ। सिलगढीदेखि दुधे हुँदै मिरिक जाने रोडमा रहेको बालासन नदीमा रहेको स्टिल ब्रिज पनि नदीको चपेटमा परेर बाक्किएको अवस्थामा रहेको छ भने रोड पनि बन्द रहेको बताइएको छ।