लगातार चौथोपटक कोलकाता मुलुकको सबैभन्दा सुरक्षित शहर

_MG_7679

कोलकाता: राष्ट्रिय अपराध रेकर्ड ब्यूरो (एनसीआरबी) को २०२३ को प्रतिवेदनअनुसार, कोलकाता फेरि पनि भारतको सबैभन्दा सुरक्षित शहर घोषित भएको छ। प्रति लाख जनसंख्या अनुसार अपराध दरका आधारमा तयार गरिएको यो प्रतिवेदनमा कोलकाताको अपराध दर अन्य ठूला शहरहरूमध्ये सबैभन्दा कम रहेको पाइएको हो।
प्रतिवेदनअनुसार, कोलकातामा प्रति लाख जनसंख्यामा ८३.९ अपराध दर्ता भएका छन्, जुन २० लाखभन्दा बढी जनसंख्या भएका १९ शहरमध्ये सबैभन्दा न्यून हो। प्रविधिको प्रयोग र प्रहरीको सक्रियताले अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको मानिन्छ। यही कारणले लगातार चौथोपटक यो शहर पहिलो स्थानमा रहेको हो।
असुरक्षित शहरहरूको सूचीमा भने कोच्चि पहिलो (प्रति लाख ३१९२.४ अपराध), दिल्ली दोस्रो (२१०५.३) र गुजरातको सूरत तेस्रो (१३७७.१) स्थानमा छन्। सुरक्षित शहरहरूको सूचीमा कोलकातापछि हैदराबाद (३३२.३), त्यसपछि पुणे र मुम्बई छन्।
महिला सुरक्षाको मामिलामा पनि कोलकाताको स्थिति सन्तोषजनक छ। २०२३ मा महिलाविरुद्ध १७४६ अपराध दर्ता भएका छन्, जुन अघिल्ला वर्षको तुलनामा कम हो। महिलाविरुद्धको अपराध दर प्रति लाख २५.७ रहेको छ, जुन देशमा तेस्रो सबैभन्दा कम हो। यस क्षेत्रमा चेन्नई (१७.३) र कोयम्बटूर (२२.७) कोलकाताभन्दा अगाडि छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement