फिफा वर्ल़्ड कप २०२६ को आधिकारिक बल ट्रियोण्डा सार्वजनिक

IMG-20251004-WA0067

नयाँ दिल्ली: आगामी फिफा वर्ल़्ड कप २०२६ को लागि एडिडासले नयाँ आधिकारिक बल ‘ट्रियोण्डा’ सार्वजनिक गरेको छ। क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा संयुक्त रूपमा आयोजना हुन लागेको यो वर्ल्ड कपको प्रतीकका रूपमा ट्रियोन्डालाई विशेष अर्थसहित डिजाइन गरिएको बताइएको छ। एडिडास र फिफाले संयुक्त रूपमा सार्वजनिक गरेको ट्रियोन्डा बलको नाममा रहेको “ट्राई” शब्दले तीन आयोजक राष्ट्रहरूको प्रतिनिधित्व गर्छ भने “ओण्डा” शब्द स्पेनिश भाषामा ‘तरंग’ भन्ने अर्थ बोकेको छ। यसले खेल, एकता, ऊर्जा र वर्ल्ड कपको उत्साहलाई एकैसाथ झल्काउने सन्देश दिन्छ। फिफाले यस बललाई केवल एउटा उपकरण नभएर तीनैवटा आयोजक देशको साझा तायक र फूटबल प्रेमको प्रतीक बताएको छ। फिफा अध्यक्ष जियानी इन्फेण्टिनोले यस अवसरमा भने, फिफा वर्ल्ड कप २०२६-को आधिकारिक म्याच बल आइसकेको छ अनि यो साँच्चै असाधारण छ। एडिडासले अझ एउटा आइकनिक बल बनाएको छ, जसको डिजाइनले तीनवटा आयोजक देश क्यानाडा, मेक्सिको र अमेरिकाको एकता र देशलाई प्रतिबिम्बित गर्छ।
ट्रियोन्डा बलमा रातो, हरियो र नीलो रंगको प्रमुख संयोजन गरिएको छ, जसले क्रमशः क्यानाडा, मेक्सिको र अमेरिकाको राष्ट्रिय झण्डाका रंगलाई अभिव्यक्त गर्छ। बलको सतहमा तीनवटै देशसँग सम्बन्धित प्रतीकहरू (क्यानाडाको मेपल पात, मेक्सिकोको गरुड़ र अमेरिकाको राष्ट्रिय ध्वजमा रहेको ताराहरू) कलात्मक ढंगले चित्रण गरिएको छ। सुनौलो किनार र चम्किलो डिजाइनले वर्ल्ड कप ट्रफीको भव्यतालाई स्मरण गराउने प्रयास गरिएको छ।
ट्रियोन्डा बलमा एडिडासले आफ्नो अत्याधुनिक कनेक्टेड बल टेक्नोलजी प्रयोग गरेको छ। यस प्रविधिबाट बलभित्र रहेको गति–संवेदनशील सेन्सरले ५०० हर्ट्ज गतिमा डेटा संकलन गरी भीएआर (भीडियो एसिस्टेण्ट रेफरी) प्रणालीमा पठाउने सुविधा दिन्छ। यसले रेफ्रीहरूलाई अफसाइड वा ह्याण्डबल जस्ता विवादास्पद निर्णयहरूमा थप स्पष्टता प्रदान गर्ने अपेक्षा गरिएको छ। बलको बनावटमा नयाँ चार-प्यानल संरचना अपनाइएको छ, जसले उड़ानको स्थिरता, नियन्त्रण र हावाको प्रतिरोध सन्तुलनमा सुधार ल्याउने बताइएको छ। एडिडासका अनुसार, यो बल विभिन्न मौसम, उँचाई र तापमानका अवस्थाहरूमा व्यापक रूपमा परीक्षण गरिएको छ। विश्वभरिका फुटबलप्रेमीहरूले ट्रियोन्डाको डिजाइन र प्रविधिलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। धेरैले यसलाई आधुनिक फुटबल प्रविधिको अर्को उपलब्धि भनेका छन्।
यसबीच केही खेल समीक्षकहरूले भने यसको रंग र पेटर्न अत्यधिक चम्किलो भएको भन्दै हल्का आलोचना पनि गरेका छन्।
फिफा वर्ल्ड कप २०२६ मा प्रयोग हुने ट्रियोन्डा बलले खेलमा नयाँ प्रविधि, कला र सांस्कृतिक एकताको सन्देश दिने अपेक्षा गरिएको छ। एडिडासले वर्ल्ड कप इतिहासमा हरेक संस्करणका लागि अनौठो पहिचानका बल प्रस्तुत गर्दै आएकोमा ट्रियोन्डा पनि त्यसै परम्पराको नयाँ अध्याय भएको बताएको छ।
फिफा वर्ल्ड कप २०२६-लाई अहिलेसम्मको सबैभन्दा ठूलो आयोजन मानिएको छ। फिफाले यसअघि टुर्नामेण्टको आधिकारिक मास्कट पनि पेश गरेको थियो। त्यस समय वैश्विक संस्थाले हरेक टिकटको बिक्रीबाट एक अमेरिकी डलर फिफा ग्लोबल सिटिजन एजुकेशन फण्डमा दान गरिने घोषणा गरेको थियो। अहिलेसम्म २१६ वटा देश र क्षेत्रहरूबाट ४५ लाखभन्दा अधिकक प्रशंसकहरू टिकट प्री-सेल ड्र-मा सामेल भइसकेका छन्। यसले पनि विश्वभरिका दर्शकहरूमा यस टुर्नामेण्टलाई लिएर कतिको उत्साह रहेको छ भन्ने कुरालाई साबित गर्छ। यो टुर्नामेण्ट फिफा वर्ल्ड कपको २३औं संस्करण हुनेछ। आउँदो केही महिनामा क्वालीफायरको माध्यमले टीमहरूले वर्ल्ड कपमा आफ्नो स्थान पक्का गर्नेछ। वर्ल्ड कपको ड्र ५ दिसम्बर २०२५-मा वाशिंगटन डीसी-मा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement