विश्वकप फुटबलमा एआईको प्रयोग

IMG-20251003-WA0145

नयाँ दिल्ली: कृत्रिम बुद्धिमत्ता अर्थात एआईबाट निर्मित फिफा विश्वकपको बल सार्वजनीक गरिएको छ। सो विश्वकपमा खेलाईने बलले ह्यान्ड बल र अफसाईडको निर्णय लिन सहयोग गर्नेछ।
एडिडासको ‘ट्रियोन्डा’ अर्थात् ‘तीन छालहरू’ नाम दिइएको यो बलले खेलाडी मात्र नभई खेल अधिकारीलाई पनि सहयोग गर्ने उद्देश्यले तयार गरिएको हो। जसको भित्री प्रविधिले अफसाइड र ह्यान्डबलको निर्णयमा सहयोग गर्नेछ।
सेतो, रातो, नीलो र हरियो रंगको मिश्रणले आयोजक मुलुक अमेरिका, क्यानडा र मेक्सिकोका रंगहरूलाई प्रतिनिधित्व गरेको छ। यो सन् २०१४ को ‘ब्रेजुका’ बलसँग केही हदसम्म मेल खान्छ। डिजाइनमा अमेरिकाका लागि नीलो तारा, क्यानडाका लागि रातो मेपल पात, र मेक्सिकाका लागि हरियो गरुडलाई समावेश गरिएको छ।
एडिडास फुटबलका महाप्रबन्धक स्याम ह्याण्डीले भनेका छन्, “यो सबैभन्दा खेलमैत्री विश्वकप बल हो। यो एउटा उत्कृष्ट कलाकृति हो जुन समाउन, हेर्न र विशेषगरी खेल्न मन गर्नेछौं।”
कम्पनीका अनुसार यसमा चिप प्रणाली जडान गरिएको छ, जुन एडिडासको ‘कनेक्टेड बल टेक्नोलोजी’ को नयाँ रुप हो । यसले भार प्रणालीमा डेटा पठाउँछ। खेलाडीहरूको पोजिसनको डेटा र एआईको सहयोगमा यसले अफसाइड वा ह्यान्डबलजस्ता निर्णय लिन छिटो र सजिलै बनाउन सहयोग गर्ने बताईएको छ ।
अघिल्ला विश्वकप बलहरूझैं यसलाई पनि “हावामा स्थिर रहने” सुनिश्चित गरी बनाइएको छ। सन् २०१४ को विश्वकप बाहेक पछिल्ला प्रतियोगिताका बललाई खेलाडीहरुले प्रायः अप्रत्याशित रुपमा उड्ने भएका कारण आलोचना गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement