मनिपुर: सुरक्षा बलको अभियान, तीन अपराधी पक्राउ

IMG-20250421-WA0266

इम्फाल: सुरक्षा बलहरूले गत २४ घण्टामा मनिपुरमा विभिन्न स्थानमा अभियान चलाएर तीन अपराधीलाई पक्राउ गरेका छन्। यस क्रममा हतियार, बुलेटप्रूफ सामग्री र नगद समेत बरामद भएको छ।
पहिलो अभियानमा काकचिंग जिल्लाका प्रेमजीत सिंहलाई बजारबाट पक्राउ गरिएको थियो। उनमाथि पसल र आम नागरिकबाट पैसा उठाएको आरोप छ। मोबाइल फोन र नगद बरामद गरिएको छ।
दोश्रो अभियानमा नाओटनको संतोम्बा सिंह उर्फ साइबर अपराधी पक्राउ परे। उनलाईसंग दुईवटा एलएमजी म्यागजिन, दुई क्यामोफ्लाज हेल्मेट, पाँच बुलेटप्रूफ प्लेट, चार बुलेटप्रूफ ज्याकेट र एक मोबाइल फोन बरामद भएको छ।
तेस्रो कारबाहीमा बिष्णुपुर जिल्लाका नाओशेकपम सनाथोई मैतेई उर्फ लङ्चिल पक्राउ परेका छन्। उनी राष्ट्रिय रिभोल्युसनरी फ्रन्टसंग जोडिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement