स्पेनिश ला लीगाः रियल म्याड्रिडको विजय रथ रोक्न सफल एट्लेटिको म्याड्रिड

photocollage_20259282065385

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगिताको म्याड्रिड डर्बी-मा एट्लेटिको म्याड्रिडले यादगार जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको रोमाञ्चक म्याचमा एट्लेटिको म्याड्रिडले शक्तिशाली रियल म्याड्रिडलाई ५-२-ले पराजित गऱ्यो। ला लीगाको जारी सीजनमा यो रियल म्याड्रिडको पहिलो हार हो। म्याचमा एक समय २-१-ले अघि रहे पनि रियल म्याड्रिडले अन्तमा ठूलो अन्तरले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड रियाद मेट्रोपोलिटानो स्टेडियममा ३७ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याड्रिडबाट फर्ममा रहने जूलियन अल्वारेजले ५१औं र ६३औं मिनटमा २ गोल गरे। यसबाहेक रोबिन ले नोरमाण्डले १४औं मिनट, एलेक्जेण्डर सरलोथले मध्यान्तरको ठीक अघि (इञ्ज्युरी टाइमको तेस्रो मिनट) र एण्टोनी ग्रीजम्यानले म्याच समाप्त हुन ठीक अघि (इञ्ज्युरी टाइमको तेस्रो मिनट) गोल गरे। रियल म्याड्रिडको निम्ति कीलियन एम्बाप्पेले २५औंं र अर्दा गुलेरले ३६औं मिनटमा गोल गरे। म्याच हारे पनि रियल म्याड्रिड ७ वटा म्याचमा १८ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो। यसरी एट्लेटिको १२ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा चौथो स्थानमा रहेको छ। जिरोना र एस्पानयोलबीच खेलिएको म्याच ०-०-ले तथा गेटाफे र लेवान्तेबीचको म्याच १-१-ले ड्र रह्यो। यसरी मालोर्काले अलावेसलाई अनि भिल्लारियलले एथलेटिक क्लबलाई १-०-को समान अन्तरले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement