नागेश्वरी चिया बगानमा श्रमिकमाथि लाठीचार्ज, युनियनको घोर विरोध

7f3bc8747f332764e8db9d23e961f6dd

सिलिगुडी: हिल प्लान्टेसन्स् एम्प्लोइज युनियन (एचपीइयू) केन्द्रीय समितिले नागेश्वरी चिया बगानमा श्रमिकमाथि भएको पुलिसको लाठीचार्जप्रति कडा आपत्ति जनाएको छ। युनियनले प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई मानवीय संवेदनाविपरीत भन्दै दोषी प्रहरीमाथि कानुनी कारबाहीको माग गरेको छ।
युनियनका अनुसार, चिया श्रमिकहरूले लामो समयदेखि न्यूनतम ज्याला र २०% बोनसको माग गर्दै आन्दोलन गर्दै आएका छन्। राज्य सरकारले दशैंअघि २०% बोनसको एडभाइजरी जारी गरे पनि कतिपय बगान मालिकहरूले पालना नगरेपछि श्रमिक सडकमा उत्रिन बाध्य भएका हुन्।
युनियनले भनेको छ:
“हिउँदो–ग्रीष्म–बर्खा पसिना बगाएर काम गर्ने श्रमिकलाई अझै पनि दैनिक २५० रुपैयाँ ज्यालामै काम गर्न बाध्य पारिएको छ। श्रमिकहरूको जायज बोनस माग दबाउन सरकारले प्रहरी प्रशासनलाई प्रयोग गरेको छ। यो अमानवीय व्यवहार हो।”
प्रेस विज्ञप्तिमा श्रमिकहरूको आन्दोलनलाई दबाउन गरिएको लाठीचार्जप्रति कडा आपत्ति जनाउँदै तत्कालीन कानुनी कारबाही, श्रमिकहरूको २०% बोनस र न्यूनतम ज्याला सुनिश्चित गर्न माग गरिएको छ।
युनियनले अन्त्यमा भन्यो:
“जबसम्म चिया श्रमिकले वैधानिक न्यूनतम ज्याला पाउँदैन, तबसम्म २०% बोनस माग जायज छ। श्रमिकमाथि भएको बर्बर दमनको हामी कठोर विरोध गर्दछौं। समाजका सबै तह–तप्काबाट श्रमिक अधिकारका लागि आवाज उठोस्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement