नेपालको ऐतिहासिक जित: वेस्ट इन्डिजलाई १९ रनले पराजित

IMG-20250928-WA0038

काठमाडौं: नेपालले शनिबार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउँदै इतिहास रचेको छ।
शारजाहमा सम्पन्न पहिलो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो। जवाफमा वेस्टइन्डिज ९ विकेट गुमाउँदै १२९ रनमै सीमित रह्यो।
कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए भने कुशल मल्लले ३० रन जोडे। बलिङतर्फ कुशल भूर्तेल २ विकेटसहित चम्किए, साथै उनले सुरुवाती रनआउटमार्फत खेलमा पकड जमाए।
यो जितसँगै नेपालले आईसीसी को पूर्ण सदस्य राष्ट्रविरुद्ध पहिलो टी–२० जित दर्ता गरेको छ। यसअघि नेपालले टेस्ट राष्ट्रविरुद्ध लगातार ९ खेलमा हार बेहोरेको थियो।
विश्लेषकहरूको भनाइमा, यो नतिजाले वेस्टइन्डिजमै हुन लागेको टी–२० विश्वकप एसिया छनोटमा नेपाली टोलीलाई ठूलो आत्मबल दिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement