पाकिस्तान विरुद्ध लगातार तेस्रो जीतको साथ एशिया कप जित्ने भारतको लक्ष्य

IMG-20250927-WA0143

दुबई: भारत र पाकिस्तानबीच एशिया कप २०२५ को फाइनल म्याच आइतवार खेलिनेछ। एशिया कपको ४१ सालको इतिहासमा भारत र पाकिस्तानबीच पहिलोपल्ट फाइनलमा भिड़न्त हुन गइरहेको छ। यसैकारण खिताबी भिड़न्त चरम रोचक हुने आशा छ। यस म्याचको निम्ति भारतीय टीममा दुईवटा फेरबदल हुनसक्छ। चीरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध लीग चरणमा ७ विकेटले अनि सुपर फोर चरणमा ६ विकेटले लगातार दुईवटा जीतपछि भारतीय टीमको आत्मविश्वासको साथ मैदानमा ओर्लिनेछ। भारतले टुर्नामेण्टमा फाइनल अघि लगातार ६ वटा म्याच जितेको छ। सूर्यकुमार यादवको कप्तानीमा रहने टीमलाई हार्दिक पाण्ड्याले चोटले चाहिँ चिन्तित बनाएको छ। अलराउण्डर पाण्ड्याले श्रीलंकाविरुद्ध म्याचमा खुट्टाको चोटले गर्दा केवल एक ओभर बलिंग गरेर मैदान छोड़नु परेको थियो। यसबाहेक अभिषेक शर्मालाई पनि मामूली चोटले सताएको छ। भारतका बलिंग प्रशिक्षक मोर्ने मोर्कलले फाइनलको पूर्वसन्ध्यामा भने, हार्दिकको चोटको जाँच गरिनेछ। उनी र अभिषेक दुवैलाई चोटले सताए पनि अभिषेक ठीक छन्। भारतीय प्रशंसकहरूका निम्ति यो राहतको खबर हो कारण अभिषेक यस टुर्नामेण्टमा भारतका सबैभन्दा सफल ब्याटर रहेका छन्। उनले ६ वटा म्याचमा ३०९ रन बनाएका छन् जबकि तिलक वर्मा १४४ रनको साथ दोस्रो स्थानमा छन्। हार्दिक फाइनलको निम्ति फिट हुन नसके पेस बलर अर्शदीप सिंहले अन्तिम एकादशमा मौका पाउने प्रबल सम्भावना छ।
एशिया कप २०२५-मा भारतीय ब्याटिंग धेरै हदसम्म अभिषेक शर्मामाथि निर्भर रहेको छ। फाइनलमा उनी चाँडै आउट भए के अन्य ब्याटरहरूले टीमलाई सम्हाल्न सक्नेछन् भन्ने प्रश्न पनि रहेको छ। कप्तान सूर्यकुमार यादवले अहिलेसम्म आशानुरुप प्रदर्शन गरेका छैनन्। शुभमन गिलले पनि धेरैपल्ट सेट भएपछि म्याच समाप्त गर्न सकेका छैनन्। सञ्जु सेमसन र तिलक वर्माले चाहिँ केही मौकामा असल प्रदर्शन गरेका छन्। यसैकारण टीम प्रबन्धनले पावरप्लेमा तेजीको साथ रन बनाउनको साथ-साथ मध्य क्रमलाई पनि तयार राख्नु पर्नेछ। पाकिस्तानको पनि आफ्नै चुनौतीहरू रहेको छ। पाकिस्तानको ब्याटिंग पूरा टुर्नामेण्टमा अस्थिर रहेको छ। साहिबजादा फरहान केही हदसम्म जसप्रीत बुमराहको सामना गर्न सफल रहे पनि अन्य ब्याटरहरू सम्पूर्ण रूपले फ्लप रहेका छन्। सईम अयूब त चारपल्ट खाता नखोली आउट भइसकेका छन् जबकि अन्य ब्याटरहरूले पनि छाप छोड़न सकेका छैनन्। हुसैन तलत र कप्तान सलमान अली आगालाई भारतीय स्पिनरहरू अघि जुझिरहेको देखिएको छ। यसैकारण आइतवारको म्याचमा पनि भारतीय स्पिनर कुलदीप यादव र वरुण चक्रवर्तीको जोड़ीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्भावना छ। फाइनल म्याच राति ८ बजीदेखि दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement