प्यारावर्ल्ड आर्चरी च्याम्पियनशीपमा स्वर्ण पदक जित्न सफल शीतल देवी

IMG-20250927-WA0144

नयाँ दिल्ली: भारतकी १८ वर्षीय धनुर्धर (आर्चर) शीतल देवीले इतिहास रचिन्। दुवै हात नभए पनि यस भारतीय धनुर्धरले प्यारावर्ल्ड आर्चरी च्याम्पियनशीपमा महिलाहरूकी कम्पाउण्ड व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितिन्। शीतलले तुर्कियेकी विश्वककी नम्बर एक धनुर्धर ओजनुर क्योर गिरदीलाई १४६-१४३-ले पराजित गरी यस उपलब्धिलाई हासिल गरिन्। शीतल यस प्रतियोगितामा आफ्नो खुट्टा र च्यापुको सहायताले तीर चलाउने एकमात्र खेलाड़ी थिइन्। यस च्याम्पियनशीपमा यो उनको तेस्रो पदक हो। शीतलले यसअघि कम्पाउण्ड मिक्स्ड टीम स्पर्धामा तोमन कुमारसँग मिलेर काँस्य पदक जितेकी थिइन्। यसबाहेक महिला कम्पाउण्ड ओपन टीम स्पर्धाको फाइनलमा शीतल र सरिताले फाइनलमा पराजित भएर रजत पदक जितेकी थिइन्। व्यक्तिगत फाइनल चरम रोमाञ्चक रह्यो। पहिलो राउण्ड २९-२९-को बराबरीमा रह्यो तर शीतलले दोस्रो राउण्डमा लगातार ३ पल्ट १० पोइण्ट हासिल गरेर ३०-२७-ले राउण्ड जितिन्। तेस्रो राउण्ड फेरि २९-२९-ले बराबरी रह्यो। चौथो राउण्डमा शीतलबाट हल्का चूक भएर गिरदीले २९-२८-ले राउण्ड जितिन्। पाँचौं तथा अन्तिम राउण्डमा भारतीय धनुर्धरले लगातार ३ पल्ट परफेक्ट १०-मा निशाना लगाएर ३० पोइण्ट्स हासिल गर्नको साथै स्वर्ण पदक पक्का गरिन्। यो उनको पहिलो व्यक्तिगत वर्ल्ड च्याम्पियनशीप स्वर्ण पदक हो। शीतलले यसअघि सेमिफाइनलमा ब्रिटेनकी जोडी ग्रिनह्यामलाई १४५-१४०-ले पराजित गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement