दुबई: भारत र पाकिस्तानको टीम एशिया कपको फाइनलमा भिड़न तयार छ। टुर्नामेण्टको जारी संस्करणमा यी २ टीमबीच तेस्रोपल्ट भिड़न्त हुन गइरहेको छ। यसअघि खेलिएको २ वटा म्याचमा भारतीय टीमले जीत हासिल गरेको थियो तर पाकिस्तानका मुख्य प्रशिक्षक माइक हेसन यस कुराले चिन्तित छैनन्। हेसनको भनाइअनुसार, आइतवार हुने फाइनलको नतीजा नै महत्त्वपूर्ण हुनेछ। एशिया कपको ४१ सालको इतिहासमा पहिलोपल्ट भारत र पाकिस्तानबीच फाइनलमा भिड़न्त हुन गइरहेको छ। एशिया कप २०२५-मा भारतले पहिला ग्रुप चरणमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो। त्यसपछि भारतले सुपर फोर चरणको म्याचमा पनि पाकिस्तानविरुद्ध ६ विकेटले जीत हासिल गरेको थियो। पाकिस्तानले बंग्लादेशलाई पराजित गरी फाइनलको निम्ति क्वालीफाई गरेको छ। अब फाइनल म्याच अघि आफ्नो खेलाड़ीहरूलाई के सन्देश दिन चाहन्छन् भन्ने प्रश्नको जवाफमा हेसनले भने, भारतविरुद्ध १४ सेप्टेम्बर र २१ सेप्टेम्बरमा म्याच खेलेको हामीलाई थाहा छ तर अहिले दुवै टीमको निम्ति एउटै म्याचको महत्त्व छ अनि त्यो हो फाइनल। हाम्रो ध्यान त्यही म्याचमा रहेको छ। हामी सही समयमा आफ्नो सर्वश्रेष्ठ खेल देखाउन चाहन्छौं। अब हामीले यस मौकाको पूरा फाइदा उठाउनु पर्नेछ। अब हाम्रो पूरा ध्यान ट्रफी जित्नुमा रहनेछ अनि हामी अहिले त्यही विषयमा चर्चा गरिरहेका छौं। यसको साथमा हेसनले पाकिस्तानका ब्याटरहरू स्पिन बलरहरूको सामना गर्नमा विफल भइरहेको कुरालाई पनि अस्वीकार गरे। उनले भने, हाम्रा ब्याटरहरूले स्पिनरहरूलाई पढ़न असमर्थ भइरहेको हल्ला मैले सुनेको छु, जुन सही होइन। यसको जवाफ मैले पहिला पनि दिइसकेको छु। अब मैदानमा यसको जवाफ दिनु उचित हुनेछ। यसरी पाकिस्तान टीमका मीडिया म्यानेजर नईम गिलानीले भारतविरुद्ध म्याचमा हारिस रऊफ र साहिबजादा फरहानको आपत्तिजनक इशाराहरूमाथि आफ्नो मत व्यक्त गरे। उनले भने, खेलाड़ीहरूलाई मेरो सन्देश क्रिकेटमा फोकस गर्ने रहेको छ अनि हामी त्यही गर्नेछौं। यस मामिलामा मभन्दा अधिक तपाईंहरूलाई जानकारी छ। म केवल क्रिकेटको पक्षलाई हेर्छु। यसबाहेक दबाउको म्याचमा खेलाड़ीहरू पनि जोशमा हुन्छन् तर हाम्रो ध्यान सदा असल क्रिकेट खेल्नुमा रहनेछ।