पाकिस्तानका पेस बलर हारिस रऊफमाथि जरिमाना, साहिबजादालाई कठोर चेताउनी

IMG-20250927-WA0094

दुबई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को नालिशमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले पाकिस्तानका पेस बलर हारिस रऊफ र ब्याटर साहिबजादा फरहानको मामिलामा सुनुवाई गऱ्यो। भारतविरुद्ध सुपर फोर चरणको म्याचमा अभद्र भाषाको प्रयोग र आक्रामक इशारा गरेको मामिलामा आईसीसीले दोषी रऊफमाथि म्याच फीसको ३० प्रतिशत जरिमाना लगायो। यसरी साहिबजादा फरहानलाई पनि उनको गनफायर सेलिब्रेशनको निम्ति कठोर चेताउनी दिइयो। भारत र पाकिस्तानबीच आइतवार खेलिएको म्याचमा माहोल गरम भएको थियो। शुरुवातमा भारतीय ब्याटर अभिषेक शर्मा र शुभमन गिलसँग रऊफको बहस भएको थियो। त्यसपछि बाउण्ड्रीमा फील्डिंग गर्दा उनले आपत्तिजनक इशारा गरेका थिए। यसरी नै ३ वटा जीवनदान पाएर जसोतसो अर्द्धशतक बनाए पनि पाकिस्तानका ओपनर साहिबजादाले उत्तेजित भएर गनफायर सेलिब्रेशन (ब्याटलाई बन्दुक जस्तै हातमा पक्रिएर फायरिंग गरेको जस्तो इशारा) गरेका थिए। म्याचको अवधि रऊफ र साहिबजादाको यस्तो व्यवहारलाई केन्द्र गरेर सोशल मीडियामा निक्कै आलोचना भएको थियो। बीसीसीआई-ले पनि पछिबाट यस मामिलामा आईसीसी समक्ष नालिश गरेको थियो। समाचार एजेन्सी पीटीआई-को रिपोर्टअनुसार, म्याच रेफरी रिची रिचर्डसनले शुक्रवार दिउँसो टीम होटलमा मामिलाको सुनुवाई गरे। सुनुवाईपछि रऊफमाथि भारी जरिमाना लगाइयो भने साहिबजादालाई कठोर चेताउनी दिएर छोड़ियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement