स्कूटरको ट्युबभित्र लुकेका २० सुनका बिस्कुट

gold-1758949385

कोलकाता: भारत–बंगलादेश सीमामा सीमा सुरक्षा बल (बीएसएफ) ले एक अचम्मको तस्करी प्रयास असफल बनाएको छ। बुधबार बशीरहाटको स्वरूपनगर क्षेत्रमा गरिएको कारबाहीमा करिब दुई करोड रुपैयाँ मूल्य बराबरको सुन बरामद गरिएको हो।
गुप्त सूचनाका आधारमा बीएसएफको १४३औं बटालियनले हकीमपुर चेकपोस्टमा निगरानी बढाएको थियो। त्यसै क्रममा उदय सरकार नामका व्यक्तिलाई स्कूटीमा सवार अवस्थामा रोकेर तलासी लिँदा, स्कूटरको टायर ट्युबभित्र लुकाइएका २० वटा सुनका बिस्कुट भेटिएका थिए।
बीएसएफको अनुमान अनुसार यो ठूलो खेप बंगलादेशबाट भारत भित्र्याउने योजना थियो। तस्करलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ भने अधिकारीहरूले यस अन्तर्राष्ट्रिय तस्करी गिरोहका अन्य सदस्यहरूको खोजी थालेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement