श्रीलंकाविरुद्ध सुपर ओभरमा भारतको जीत

IMG-20250927-WA0063

दुबई: भारतले एशिया कप २०२५-को सुपर फोर चरणअन्तर्गत आफ्नो अन्तिम म्याचमा श्रीलंकाविरुद्ध सुपर ओभरमा जीत हासिल गऱ्यो। टुर्नामेण्टको फाइनलमा अगावै स्थान बनाउने भारत र फाइनलको रेसबाट अगावै बाहिर भइसकेको श्रीलंकाई टीमबीच शुक्रवार खेलिएको म्याच चरम रोमाञ्चक रह्यो। टस जितेर श्रीलंकाले पहिला ब्याटिंग गर्न पठाएपछि भारतले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनायो। त्यसपछि श्रीलंकाले पनि २० ओभरमा ५ विकेट गुमाएर २०२ रन नै बनाउँदा म्याच टाई भयो। यसैकारण म्याचको फसेला सुपर ओभरमा भयो। सुपर ओभरमा पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५ बल खेलेर केवल २ रनको स्कोरमा दुवै विकेट गुमायो। भारतीय पेस बलर अर्शदीप सिंहले सुपर ओभरमा चमत्कारी बलिंग गरे। यसरी भारतलाई म्याच जित्न ६ बलमा केवल ३ रन बनाउने लक्ष्य हासिल भयो। कप्तान सूर्यकुमार यादवले पहिलो बलमै ३ रन बनाएर सुपर ओभरमा भारतलाई यादगार जीत दिलाए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै भारतको निम्ति अभिषेक शर्माले ६१ रन बनाए। उनले ३१ बल खेलेर ८ वटा चौका र २ वटा छक्का लगाए। एशिया कपमा यो उनको लगातार तेस्रो अर्द्धशतक हो। यसबाहेक तिलक वर्माले अविजित ४९, सञ्जु सेमसनले ३९ र अक्षर पटेलले अविजित २१ रन बनाए। त्यसपछि श्रीलंकाको ईनिंग्समा ओपनर पाथुम निस्सांकाको शतक मुख्य आकर्षण रह्यो। निस्सांकाले ७ वटा चौका र ६ वटा छक्काको साथ ५८ बल खेलेर १०७ रन बनाए। यसबाहेक कुसाल परेराले ५८ रनको योगदान दिए। दासुन शनाका २२ रनमा अविजित रहे। भारतले अब आइतवार खेलिने फाइनलमा पाकिस्तानको चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement