बिर्तामोड: १०० एसियाली वैज्ञानिकहरूको सूचीमा पाँच नेपाली छनोट भएका छन्।
एसियन साइन्टिस्ट म्यागजिनले हालै प्रकाशित गरेको सूचीमा काठमाडौं विश्वविद्यालयका फ्रान्स्थान प्रधान, फ्रेन्ड्स अफ नेचरका राजु आचार्य, स्वतन्त्र संरक्षण जीवविज्ञानीका रिन्जिन फुञ्जोक लामा, राप्ती इन्जिनियरिङ कलेजका डा. शैलेन्द्र गिरी र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका टिस्टा प्रसाई जोशी समावेश छन्।
उत्कृष्ट वैज्ञानिकहरूको सूचीमा छनोट भएकोमा प्रतिक्रिया दिँदै डा. गिरीले यसले देशमा थप योगदान पुर्याउन प्रोत्साहित गर्ने बताए।
उहाँले सूचना प्रविधिको क्षेत्रमा काम गर्नुभएको छ र स्थानीय विकास तालिम संस्थान र कर्मचारी तालिम संस्थानका पूर्व कार्यकारी निर्देशक पनि हुनुहुन्थ्यो।
उहाँले निजी र सरकारी क्षेत्रहरू बीच सहकार्य गरेर सूचना प्रविधि क्षेत्रको शैक्षिक र व्यावहारिक उन्नतिको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।