नेपालमा जेनजी आन्दोलनपछि ८ हजार ५४ कैदीबन्दी फर्किए, ६ हजार ४९४ अझै फरार

IMG-20250926-WA0107

काठमाडौं: नेपालमा जेनजी आन्दोलनका क्रममा कारागार र सुधारगृह तोडफोडपछि भागेका कैदीबन्दीमध्ये उल्लेखनीय संख्याले पुनः कारागार फर्किएका छन्।
कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ८ हजार ५४ कैदीबन्दी फिर्ता आएका छन् भने अझै ६ हजार ४९४ जना सम्पर्कमा आएका छैनन्।
देशभरका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट कुल १४ हजार ५४९ कैदीबन्दी भागेका थिए। तीमध्ये ७ हजार ७१३ जना कारागारमा र ३४१ जना सुधारगृहमा फर्किएका छन्।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेले केही आफैं फर्किएको र केहीलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याएको जानकारी दिए। उनका अनुसार हालसम्म फरार भएकामध्ये ५ हजार ८७२ कारागार कैदी र ६२२ सुधारगृह कैदी छन्, जसको खोजी कार्य जारी छ।
गत भदौ २४ गतेको आन्दोलनमा मात्र १३ हजार ५८५ कारागार कैदी र ९६४ सुधारगृह कैदी भागेका थिए। यसबीचमा १० कैदीबन्दीको मृत्यु भएको विभागले जनाएको छ।
देशभरका कारागारमा अहिलेसम्म ३० हजार ६४६ कैदीमध्ये २३ हजार ४४६ मात्र रहेका विभागले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement