“कांग्रेस सरकारका पालामा करको लूट मच्चिएको थियो”: माेदी

IMG-20250925-WA0161

ग्रेटर नोएडा: प्रधानमन्त्री नरेन्द्र मोदीले विगतका कांग्रेस सरकारहरूलाई करको दुरुपयोग गर्दै ‘लूट’ मच्चाएको आरोप लगाएका छन्। उनले भने, अहिलेको सरकारले करमा ठूलो मात्रामा कटौती गरेको छ र महँगीलाई समेत नियन्त्रणमा ल्याएको छ।
मोदीले बिहीबार ग्रेटर नोएडास्थित इन्डिया एक्स्पो सेन्टर एण्ड मार्ट मा उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार मेला (यूपीआईटीएस) को उद्घाटन गरेका हुन्। कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले हालै गरिएको जीएसटी कर दरमा गरिएको कमीलाई स्मरण गर्दै यसबाट गरीबदेखि मध्यम वर्गसम्म राहत पाएको बताए। तर, उनका अनुसार केही राजनीतिक दलहरूले जनतालाई गुमराह गर्ने प्रयास गरिरहेका छन्।
मोदीले थपे, “कांग्रेस सरकारका पालामा करको लूट मच्चिएको थियो। तर हामीले जनताको आम्दानी र बचत दुवै बढाएका छौं।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement