अन्तर्राष्ट्रिय पर्यटन दिवसः इन्द्रजात्रा विशेष फोटो प्रदर्शनी हनुमानढोकामा शुरु

IMG-20250925-WA0131

काठमाडौँ: अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले काठमाडौँको हनुमानढोकामा विशेष फोटो प्रदर्शनी सुरु गरेको छ। काठमाडौँ महानगरपालिकाको आयोजना तथा नेपाल आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजित प्रदर्शनी तीन दिनसम्म चल्नेछ।


बिहीबार आयोजित कार्यक्रमका बीच पूर्वकुमारी मनिता शाक्य, एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त, पूर्व गणेश तथा भैरवहरूले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गरे।


प्रदर्शनीमा सदस्य फोटो पत्रकारहरूले खिचेका १०० तस्बिरहरू राखिएका छन्। लाखे नाच, साँघुरा गल्लीका धुनहरू र डबलीमा देखिने भीडका क्षणहरूलाई क्यामेरामा कैद गरी प्रदर्शनीमा प्रस्तुत गरिएको छ।


प्रदर्शनी बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement