वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीजको निम्ति भारतीय टीमको घोषणा, जडेजा उपकप्तान

IMG-20250925-WA0099

मुम्बई: वेष्ट इण्डिजविरुद्ध आउँदो महिना हुने २ वटा टेस्ट म्याचको घरेलु सीरीजको निम्ति बिहीवार भारतीय टीमको घोषणा गरियो। यस सीरीजमा भारतीय टीम शुभमन गिलको कप्तानीमा खेल्नेछ जबकि रविन्द्र जडेजालाई उपकप्तान बनाइएको छ। भारत र वेष्ट इण्डिजबीच सीरीजको पहिलो टेस्ट म्याच २ अक्टोबरदेखि अहमदाबादमा खेलिनेछ। ईंग्ल्याण्डविरुद्ध ५ वटा टेस्ट म्याचको थकानपूर्ण सीरीज खेलेपछि भारतीय टीम पहिलोपल्ट टेस्ट म्याच खेल्न ओर्लिनेछ। वेष्ट इण्डिजविरुद्ध सीरीजमा ध्रुव जुरेललाई विकेटकीपरको भूमिकामा देखिनेछ। टीमका नियमित विकेटकीपर रिषभ पन्त खुट्टाको चोटबाट सम्पूर्ण रूपले मुक्त नभएको हुनाले उनको नाममा विचार गरिएन। ईंग्ल्याण्डविरुद्ध सीरीजमा पन्तले उपकप्तानको जिम्मेवारी निर्वाह गरेका थिए अनि अहिले उनको अनुपस्थितिमा जडेजालाई जिम्मेवारी दिइएको छ। पन्तले वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीज नखेल्ने पहिला नै तय भएको थियो। अब ध्रुव जुरेलमाथि विकेटको पछि उभिने जिम्मेवारी रहनेछ। विकेटकीपरको रूपमा जुरेलको ब्याकअपको रूपमा एन जगदीशनलाई पनि टीममा स्थान दिइएको छ।
एशिया कपमा भारतीय पेस बलिंग आक्रमणको अगुवाई गरिरहेका जसप्रीत बुमराहलाई वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीजको निम्ति विश्राम दिइएन। ईंग्ल्याण्ड यात्रामा बुमराहको कार्यभार प्रबन्धनमाथि विशेष ध्यान दिइएको थियो अनि उनले सीरीजको ५ वटा म्याचमा केवल ३ वटा खेलेका थिए। भारतको व्यस्त अन्तर्राष्ट्रिय कार्यक्रमलाई ध्यानमा राखेर बुमराहलाई वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीजमा विश्राम दिइने सम्भावना रहेको थियो तर अन्तमा त्यस्तो केही भएन। यसैकारण उनलाई पहिलो टेस्टमा खेलिरहेको देखिने प्रबल सम्भावना छ। बुमराहको साथमा भारतीय पेस आक्रमणमा मोहम्मद सिराज र प्रसिद्ध कृष्णा पनि रहनेछन्। यसरी ८ सालपछि भारतीय टीममा स्थान फिर्ता पाएर ईंग्ल्याण्ड यात्रामा जाने करुण नायरलाई वेष्ट इण्डिजविरुद्ध सीरीजको निम्ति टीममा स्थान दिइएन। ईंग्ल्याण्डविरुद्ध सीरीजमा उनले आशानुरुप प्रदर्शन गर्न सकेका थिएनन्। उनले लगभग प्रत्येक म्याचमा असल शुरुवात गरे पनि प्रत्येकपल्ट ठूलो ईनिंग्स खेल्नदेखि चुकेका थिए। ओवलमा खेलिएको अन्तिम टेस्ट म्याचमा अर्द्धशतक बनाए पनि करुणले यसपाली चयनकर्ताहरूका विश्वास जित्न सकेनन्। यसरी सरफराज खान फेरि एकपल्ट टेस्ट टीममा स्थान बनाउनदेखि चुकेका छन्। सरफराजले गत केही समयदेखि आफ्नो फिटनेसमाथि व्यापक काम गरेका छन्। उनले घरेलु क्रिकेटमा लगातार रन पनि बनाएका छन् तर चयनकर्ताहरूले फेरि एकपल्ट उनलाई टेस्ट टीमको निम्ति योग्य सम्झिएनन्। यसरी श्रेयस अय्यरले चोटले गर्दा रातो बलको प्रारूपबाट ६ महिनाको ब्रेक लिने फसेला गरेको हुनाले उनको नाममा विचार गरिएन। श्रेयसले हालै ब्रिटेनमा ढाड़को सर्जरी गराएका थिए।
वेष्ट इण्डिजविरुद्ध २ वटा टेस्ट म्याचको सीरीजको निम्ति चयन गरिएको भारतीय टीम यसप्रकार छः
शुभमन गिल (कप्तान), यशस्वी जयसवाल, केएल राहुल, साई सुदर्शन, देवदत्त पडिक्कल, ध्रुव जुरेल (विकेटकीपर), रविन्द्र जडेजा (उपकप्तान), वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, अक्षर पटेल, नीतीश कुमार रेड्डी, एन जगदीशन (विकेटकीपर), मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, कुलदीप यादव।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement