कोलकाता, २५ सेप्टेम्बरः केन्द्रीयकृत प्रवेश पोर्टल (CAP) मार्फत स्नातक तहमा यस वर्ष कुल ४,०२,५५७ सिटमध्ये केवल २,६९,७७७ सिटमै प्रवेश प्रक्रिया सम्पन्न भएको छ। मंगलबार प्रवेशको अन्तिम मिति थियो।
पहिलो चरणमा ३,०९,६६७ विद्यार्थीलाई सिट तोकिएको थियो, जसमा २,३०,७०४ जनाले मात्र भर्ना गरे। पुनः पोर्टल खोल्दा ८,९८३ नयाँ आवेदन मात्र आए। दोस्रो चरणमा ३९,०७३ विद्यार्थीले प्रवेश पाए।
उच्च शिक्षा विभागका अनुसार दोस्रो चरणको भौतिक प्रमाणीकरण दुर्गा पूजापछि मात्र हुनेछ। राज्यका ४६० कलेज र १७ विश्वविद्यालयमा कुल ९.४ लाख स्नातक सिट उपलब्ध भए पनि अहिले करिब २.७ लाख मात्र भरिएका छन्। विभागले बाँकी सिट भर्न विकेन्द्रित प्रवेश प्रक्रिया अपनाउने तयारी गरेको छ।