नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले अष्ट्रेलिया ए विरुद्ध वनडे सीरीजको निम्ति बिहीवार भारत ए टीमको घोषणा गऱ्यो। अष्ट्रेलिया र भारतको ए टीमबीच ३ वटा वनडे म्याचको सीरीज खेलिनेछ। यस सीरीजको निम्ति श्रेयस अय्यरलाई भारत ए टीमको कप्तान बनाइएको छ। सीरीजको शुरुवात ३० सेप्टेम्बरमा कानपुरमा पहिलो वनडे म्याचको साथ हुनेछ। बीसीसीआई-ले बताएअनुसार, श्रेयसले रातो बलको क्रिकेटबाट ६ महिनाको ब्रेक लिएका छन्। श्रेयसको हालै ब्रिटेनमा सर्जरी भएको थियो अनि अहिले उनी चोटमुक्त हुने प्रक्रियामा छन्। हालै अष्ट्रेलिया ए विरुद्ध अनौपचारिक टेस्ट म्याच खेल्दा उनलाई समस्या भइरेको थियो। रातो बलको प्रारूपबाट ६ महिनाको ब्रेकमा उनी आफ्नो फिटनेसमाथि काम गर्न चाहन्छन्। श्रेयसको यस फसेलाले गर्दा नै बीसीसीआईले उनलाई ईरानी कपको निम्ति पनि चयन गरेन। अष्ट्रेलिया ए विरुद्ध सीरीजको निम्ति तिलक वर्मा र अभिषेक शर्मा जस्ता स्टार ब्याटरहरूलाई पनि भारतीय टीममा स्थान दिइएको छ। यी दुईजना ब्याटर अहिले भारतीय सीनियर टीमसँग यूएई-मा जारी एशिया कपमा खेलिरहेका छन्। यसैकारण तिलक र अभिषेकको साथमा पेस बलर अर्शदीप सिंह र हर्षित राणालाई पनि दोस्रो र तेस्रो वनडेको निम्ति टीममा सामेल गरिएको छ। हर्षित र अर्शदीप पनि एशिया कपको टीममा रहेका छन्। अभिषेक शर्मा असाधारण फर्ममा छन् अनि उनले एशिया कपमा लगातार २ वटा अर्द्धशतक बनाइसकेका छन्।
पहिलो वनडे म्याचको निम्ति भारत ए टीमः
श्रेयस अय्यर (कप्तान), प्रभसिमरन सिंह (विकेटकीपर), रियान पराग, आयुष बडोनी, सूर्यांश शेडगे, विपराज निगम, निशान्त सिन्धू, गुरजपनीत सिंंह, युद्धवीर सिंह, रवि बिश्नोई, अभिषेक पोरेल (विकेटकीपर), प्रियांश आर्या, सिमरनजीत सिंह।
दोस्रो र तेस्रो वनडे म्याचको निम्ति भारत ए टीमः
श्रेयस अय्यर (कप्तान), तिलक वर्मा (उपकप्तान), अभिषेक शर्मा, प्रभसिमरन सिंह (विकेटकीपर), रियान पराग, आयुष बडोनी, सूर्यांश शेडगे, विपराज निगम, निशान्त सिन्धू, गुरजपनीत सिंह, युद्धवीर सिंह, रवि बिश्नोई, अभिषेक पोरेल (विकेटकीपर), हर्षित राणा, अर्शदीप सिंह।