नयाँ दिल्ली: भारतीय टीमले एशिया कपको फाइनलमा स्थान बनाए पनि टुर्नामेण्टको अवधि खेलाड़ीहरूका क्याच छोड़ने अभ्यासले टीमको समस्या बढ़ाउन सक्छ। भारतीय खेलाड़ीहरूले पाकिस्तानविरुद्ध सुपर फोर राउण्डको म्याचमा एकाधिक क्याच छोड़े। त्यसपछि बंग्लादेशविरुद्ध म्याचमा पनि भारतको फील्डिंग चरम निराशाजनक रह्यो। म्याचमा जीतको नजिक पुगिसक्दा पनि भारतले क्याच उम्काइरहेको थियो। टीमको यस खराब आदतमा चाँडै सुधार नगरिए फाइनलमा ठूलो समस्या सृष्टि हुनसक्छ। भारतीय टोलीले पाकिस्तानविरुद्ध सुपर फोर चरणको म्याचमा खराब फील्डिंगको प्रदर्शन गरेको थियो। त्यस म्याचमा भारतले जम्मा ४ वटा क्याच छोड़ेको थियो। पहिलो क्याच त ईनिंग्सको पहिलो ओभरमै छुटेको थियो जब हार्दिक पाण्ड्याको बलिंगमा अभिषेक शर्माले साहिबजादा फरहानको सजिलो क्याच छोड़ेका थिए। त्यस समय ब्याटरले खाता पनि खोलेका थिएनन्। त्यससपछि पाँचौं ओभरमा कुलदीप यादवको बलिंगमा फरहानले दोस्रोपल्ट जीवनदान पाए। त्यस समय उनले १६ रन बनाएका थिए। उनले आठौं ओभरको तेस्रो बलमा फेरि जीवनदान पाए जब अभिषेक शर्माले क्याच छोड़े। लगातार जीवनदानको फाइदा उठाउँदै फरहानले ३४ बलमा अर्द्धशतक बनाए। भारतीय टीमले पाकिस्तानविरुद्ध म्याचबाट कुनै शिक्षा लिएन अनि बंग्लादेशविरुद्ध बुधवार खेलिएको म्याचमा पनि फील्डिंग चरम निराशाजनक रह्यो। म्याचमा भारतीय खेलाड़ीहरूले एकपछि अर्को सजिलो क्याचहरू छोड़े। अभिषेक शर्मा, सञ्जु सेमसन र अक्षर पटेलले सजिलो मौकाहरू गुमाए। यसले भारतलाई अधिक नोक्सान चाहिँ भएन अनि बलरहरूले असाधारण प्रदर्शन गरेर टीमलाई जीत दिलाए। गत दुईवटा म्याचको नतीजाबाट शिक्षा लिँदै भारतले फाइनल अघि फील्डिंग अनि विशेषगरी क्याचको मामिलामा सुधार गर्नु पर्नेछ। क्याच छोड़्ने आदतले कुनै पनि समय भारतीय टीमलाई ठूलो नोक्सान हुनसक्छ। भारतीय टीम एशिया कपमा अजेय रहेको छ अनि उनीहरूले लगातार ५ वटा म्याच जितेका छन्। टुर्नामेण्टमा भारत फाइनलमा पुग्ने पहिलो टीम बने पनि क्याच छोड़्ने बिमारी टीमको निम्ति चिन्ताको विषय बनेको छ। एशिया कपको जारी संस्करणमा भारत सर्वाधिक क्याच छोड़्ने टीम हो। भारतले ५ वटा म्याचमा १२ वटा क्याच छोड़िसकेको छ। यस सूचीमा दोस्रो स्थानमा रहने हंगकंगले ११ वटा क्याच छोड़ेको छ। यसरी बंग्लादेश (८) तेस्रो, श्रीलंका (६) चौथो, अफगानिस्तान (४) पाँचौं, ओमान (४) छैटौं, पाकिस्तान (३) सातौं र यूएई (२) आठौं स्थानमा रहेको छ। खेलाड़ीहरूका क्याच छोड़्ने अनि खराब फील्डिंग प्रदर्शनले गर्दा भारतीय टीमका फील्डिंग प्रशिक्षक टी दिलीपमाथि दबाउ बढ़ेको छ। फाइनल म्याचमा ओर्लिन अघि भारतले शुक्रवार श्रीलंकाको सामना गर्नेछ। त्यस म्याचमा टीमसँग फील्डिंगको स्तरमा सुधार गर्ने असल मौका रहनेछ।