बंग्लादेशविरुद्ध ४१ रनले जीतको साथ एशिया कपको फाइनलमा पुग्यो भारत

IMG-20250925-WA0006

दुबई: भारतले सुपर फोर राउण्ड्को म्याचमा बंग्लादेशलाई ४१ रनले पराजित गरी एशिया कप २०२५-को फाइनलमा स्थान बनायो। भारतले आज पहिला ब्याटिंग गर्दै अभिषेक शर्मा (७५ रन)-को अर्द्धशतकको सहायताले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो। जवाफमा बंग्लादेशले १९.३ ओभरमा केवल १२७ रन बनाएर झिटीमिटी कस्यो। भारतीय बलरहरूले लगातार विकेट हासिल गरी विपक्षी टीमको हार सुनिश्चित गरे। बंग्लादेशको निम्ति ओपनर सैफ हसनले ५१ बल खेलेर सर्वाधिक ६९ रन बनाए। उनले ३ वटा चौका र ५ वटा छक्का लगाए। यसबाहेक परवेज होसेन एमोनले २१ रनको योगदान दिए। बंग्लादेशको ईनिंग्समा तेस्रो सर्वाधिक योगदान भारतले खर्च गरेको अतिरिक्त रन (९) रह्यो। भारतीय बलरहरूमा कुलदीप यादवले सर्वाधिक ३ विकेट लिए। यसरी जसप्रीत बुमराह र वरुण चक्रवर्तीलाई पनि २-२ सफलता हासिल भयो। अभिषेक शर्माले प्लेयर अव् द म्याचको पुरस्कार जिते।
यसअघि दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो। भारतको तर्फबाट ओपनर अभिषेक शर्माले सर्वाधिक ७५ रन बनाए। उनले ३७ बल खेलेर ६ वटा चौका र ५ वटा छक्का लगाए। यो उनको लगातार दोस्रो अर्द्धशतक हो। यसबाहेक हार्दिक पाण्ड्याले ३८ र शुभमन गिलले २९ रनको योगदान दिए। बंग्लादेशका बलरहरूमा रिशाद होसेनले सर्वाधिक २ विकेट लिए। भारतलाई आज पनि अभिषेक र गिलको ओपनिंग जोड़ीले असल शुरुवात दिलायो। यी दुईजनाले पहिलो विकेटको निम्ति ६.२ ओभरमा ७७ रनको पार्टनरशीप गरे। असल लयमा देखिएका गिललाई आउट गरेर रिशादले बंग्लादेशलाई पहिलो सफलता दिलाए। गिलले १९ बल खेलेर २ वटा चौका र एउटा छक्का लगाए। त्यसपछि बंग्लादेशका बलरहरूले लगातार अन्तरालमा विकेट हासिल गरी भारतको रन गतिलाई नियन्त्रणमा ल्याए। शिवम दुबे केवल २ रन बनाएर आउट भए। त्यसपछि भारतले १२औं ओभरमा सेट ब्याटर अभिषेक र कप्तान सूर्यकुमार यादवको महत्त्वपूर्ण विकेट गुमायो। अभिषेक रन आउट भए जबकि सूर्याले केवल ५ रन बनाए। त्यसपछि हार्दिक पाण्ड्यालाई छोडेर अन्य कसैले तेजीको साथ रन बनाउन सकेन। तिलक वर्मा ५ रन बनाएर आउट भए। अक्षर पटेल १५ बल खेलेर १० रनमा अविजित रहे। हार्दिकले २९ बल खेलेर ४ वटा चौका र एउटा छक्काको साथ ३८ रन बनाए। भारतले सुपर फोर चरणमा आफ्नो अन्तिम म्याच शुक्रवार श्रीलंकाविरुद्ध खेल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement