ईंग्ल्याण्डद्वारा एशेज सीरीजको निम्ति टीमको घोषणा, ह्यारी ब्रूक उपकप्तान

IMG-20250924-WA0106

लण्डन: ईंग्ल्याण्डले एशेज सीरीजको निम्ति १६ सदस्यीय टीमको घोषणा गऱ्यो। यस टीममा एउटा उल्लेखनीय बद्लाउ देखिएको छ। चयनकर्ताहरूले ओली पोपको स्थानमा ह्यारी ब्रूकलाई टीमको नयाँ उपकप्तान बनाएका छन्। भारतविरुद्ध सीरीजको अवधि पोप उपकप्तान रहेका थिए अनि उनले सीरीजको अन्तिम म्याचमा बेन स्टोक्सको अनुपस्थितिमा कप्तानी पनि गरेका थिए। त्यस टेस्ट म्याचमा ईंग्ल्याण्डले हारको सामना गर्नु परेको थियो। त्यसपछि माइकल भनसहित धेरैजना पूर्व क्रिकेटरहरूले ब्रूकलाई टेस्ट टीमको उपकप्तान बनाउने माग गरेका थिए। पोपलाई पदबाट हटाइनुको पछि उनको खराब फर्म पनि मुख्य कारण रह्यो। नियमित टेस्ट कप्तान स्टोक्सलाई भारतविरुद्ध सीरीजको अवधि चोट लागेको थियो। चयनकर्ताहरूले उनलाई टीमको कप्तान पदमा कायम राखेका छन् कारण एशेज सीरीजको पहिलो टेस्टसम्म स्टोक्स फिट हुने सम्भावना छ। स्टोक्स अहिले काँधको चोटबाट मुक्त हुने प्रक्रियामा रहेका छन्।
एशेज सीरीजको पहिलो टेस्ट म्याच २१ नोभेम्बरदेखि पर्थमा खेलिनेछ। ब्रूकलाई हालै सीमित ओभरहरूका प्रारूपमा ईंग्ल्याण्डको कप्तान नियुक्त गरिएको थियो। उनलाई ईंग्ल्याण्डको भविष्यको टेस्ट कप्तान पनि मानिएको छ। उपकप्तानी गुमाए पनि पोपले एशेज सीरीजको टीममा स्थान पाएका छन्। टीममा पेस बलर मार्क वुडलाई पनि सामेल गरिएको छ, जो देब्रे घुँड़ाको चोटबाट मुक्त भएर टीममा फर्किएका छन्। पेस बलर म्याथ्यू पोट्स पनि टीममा स्थान बनाउन सफल भएका छन्, जसले आफ्नो अन्तिम टेस्ट म्याच डिसेम्बरमा न्यूजील्याण्डविरुद्ध खेलेका थिए। शोएब बशीरको भारतविरुद्ध सीरीजको अवधि लागेको औंलीको चोट निको भइसकेको छ अनि उनी टीममा चयन गरिएका एकमात्र विशेषज्ञ स्पिनर हुन्। ईंग्ल्याण्डको सीमित ओभरहरूका टीममा खेल्ने ब्याटिंग अलराउण्डर विल ज्याक्सले पनि टीममा स्थान पाएका छन्। औंलीको चोटले गर्दा ज्याक्स गत महिना न्यूजील्याण्डविरुद्ध सीमित ओभरहरूको सीरीज खेल्नदेखि चुकेका थिए, जसमा ३ वटा टी२०आई र ३ वटा वनडे म्याच सामेल थियो। ईंग्ल्याण्डलाई उनी एशेज सीरीजको निम्ति समयमै फिट हुने आशा रहेको छ।
एशेज सीरीजको निम्ति चयन गरिएको ईंग्ल्याण्ड टीम यसप्रकार रहेको छः
बेन स्टोक्स (कप्तान), जोफ्रा आर्चर, गस एटकिन्सन, शोएब बशीर, जेकब बेथेल, ह्यारी ब्रूक (उपकप्तान), ब्राइडन कार्स, ज्याक क्राउली, बेन डकेट, विल ज्याक्स, ओली पोप, म्याथ्यू पोट्स, जो रुट, जेमी स्मिथ, जोश टंग र मार्क वुड।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement