नयाँ दिल्ली: क्रिकेट जगतका महान अम्पायर हेरोल्ड ‘डिकी’ बर्डको मंगलवार ९२ वर्षको उमेरमा निधन भयो। मैदानमा आफ्नो सरल हावभावले गर्दा खेलाड़ीहरूबीच लोकप्रिय बर्डले आफ्नो करियरमा ६६ वटा टेस्ट र ६९ वटा वनडे म्याचमा अम्पायरिंग गरे। आफ्नो करियरमा उनी ३ वटा वनडे वर्ल्ड कप फाइनलमा अम्पायरको भूमिकामा थिए। अम्पायरको रूपमा करियर शुरु गर्न अघि उनी ईंग्ल्याइडको काउण्टी क्रिकेटमा यर्कशायरका प्रमुख ब्याटर थिए। उनको निधनको खबर यर्कशायर काउण्टी क्लबले दिएको छ। बर्डले १९९६-मा अम्पायरिंगबाट सन्न्यास लिएका थिए। उनले भारत र ईंग्ल्याण्डबीच खेलिएको टेस्ट म्याचमा अन्तिमपल्ट अम्पायरिंग गरेका थिए। त्यही म्याचमा सौरभ गांगुली र राहुल द्रविड़ले भारतको निम्ति पदार्पण गरेका थिए। बर्डले क्रिकेटरको रूपमा ९३ वटा प्रथम श्रेणीको म्याचमा २०.७१-को औसतले दुईवटा शतकको साथ ३३१४ रन बनाएका थिए। बर्डको निधनले क्रिकेट जगतमा शोकको लहर छाएको छ। ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड (ईसीबी)-को साथमा पूर्व अनि वर्तमान क्रिकेटरहरूले उऩको निधनमा शोक व्यक्त गरेका छन्।